arrow

कोरोनाका संक्रमित एक लाख पुग्न ६७ दिन लाग्यो, अहिले दुई दिनमै लाख

संक्रमित र मृतक बढेको बढ्यै, इटलीमा भयावह स्थिति

logo
प्रकाशित २०७६ चैत १२ बुधबार
coronavirus-hamrakuras1.jpg

काठमाडौं । डिसेम्बरको अन्तिमबाट चीनको वुहान सहरबाट फैलिन थालेको कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको छ । 

पहिले एक लाख संक्रमित पुग्न ६७ दिन लागेको थियो । दुई लाख पुग्न कम समय लागेको थियो भने अहिले एक लाख पुग्न दुई दिनमै काफी हुन थालेको छ । 

कोरोना संक्रमितको संख्या ४ लाख ५२ हजार १५७ पुगेको छ । मृतकको संख्या २० हजार ४९४ पुगेको छ । 

१ लाख १३ हजार १२० जना मात्र निको भएका छन् । निको भइसकेपछि पनि थुप्रैको ंसंख्यामा पुनः संक्रमित भएका छन् । 

अहिले ३ लाख १८ हजार ५४३ जना संक्रमित रहेकामा १३ हजार ८०७ गम्भीर प्रकृतिका बिरामी छन् । 

यसबाटै स्पष्ट हुन्छ कि मृतकको संख्या बढ्दै छ । इटलीमा मृतकको संख्या सबैभन्दा बढी भएको छ । इटलीमा बुधबार ६८३ मृतक बढेका छन् । जम्मा मृतक संख्या ७५०३ पुगेको छ । 

दोस्रो स्थानमा स्पेन आइपुगेको छ । स्पेनमा बुधबार ४४३ जनाको ज्यान गएसंगै जम्मा मृतकको संख्या ३ हजार ४ सय ३४ पुगेको छ । 

चीन तेस्रो स्थानमा झरेको छ । चीनमा ३ हजार २८१ मरेका छन् । इरानमा २ हजार ७७ जनाको ज्यान गएको छ । फ्रान्समा ११ सय अमेरिकामा ८१९ को ज्यान गएको छ । बेलायतमा ४३३, नेदरल्यान्डमा ३५६ र जर्मनीमा १८६ जनाको ज्यान गएको छ ।

संक्रमितको संख्यामा पनि इटलीले चीनलाई उछिन्न खोजिरहेको छ । चीनमा ८१ हजार २१८ तथा इटलीमा ७४ हजार ३८६ जना संक्रमित छन् । 

अमेरिकामा ६० हजार ६५३, स्पेनमा ४७ हजार ६१०, जर्मनीमा ३५ हजार ७४०, इरानमा २७ हजार १७, फ्रान्समा २२ हजार ३०४, स्वीटजरल्याण्डमा १० हजार ५३७ संक्रमित रहेका छन् । 

जापानमा १ हजार १९३ जना संक्रमित छन् । ४३ को मृत्यु भएको छ । पाकिस्तानमा १०२२ संक्रमित हुँदा ८ जनाको ज्यान गएको छ । 

भारतमा ६०६ संक्रमित हुँदा १० जनाको ज्यान गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ