arrow

लकडाउनः नबुझेको कि बुझपचाएको ? 

सरकारले हाम्रै लागि लकडाउन गरेको भनी बुझ्नु जरूरी, कर्फयू ननिम्त्याऔं 

logo
बाबु नेपाली, 
प्रकाशित २०७६ चैत १३ बिहिबार
traffic-check-lockdown.jpg

काठमाडौं । सरकारले मंगलबारदेखि देशमा लकडाउन गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न सरकारले यो कदम चालेको हो । 

सरकारले कर्फयू नै लगाउन सक्थ्यो । तर लगाएन । किनकि यो कुनै सुरक्षा चुनौती हैन । यो त नागरिकलाई घरबाट बाहिर ननिस्कि सम्झाइबुझाई गरेर आफै क्वारेन्टाइनमा बसेर रोग फैलन नदिन गरिएको सचेतना मात्र हो । 

यो आफूले आफैलाई गरेको सहयोग हो । यति हुँदा पनि मानिस किन अटेर गरिरहेका छन् ? मंगलबार र बु्धबार हजारौंलाई कार्वाही गर्यो सुरक्षाकर्मीले । 

यतिबेला सुरक्षाकर्मीले केही गर्नुपर्ने नै थिएन । किनकि यो सुरक्षा चुनौती थिएन । सचेतना थियो । तर मानिसले अटेर गर्यो । 

कतिपय स्थानीय तहमा त कर्फयू नै लगाउनु परेको छ । निषेधाज्ञा जारी गरिएको छ । 

एक मानिसबाट अर्कोमा तीव्र गतिमा सर्ने भएकाले कोभिड–१९ बाट बच्नु जरुरी छ । तर पनि खेलबाड भइरहेको छ । 

एकबाट १०, १० बाट सय र सयबाट १० हजार हुँदै एक लाख अनि १० लाखमा फैलिन्छ संक्रमण । विश्व आतंकित छ । 

र पनि सरकारले लगाएको लकडाउनमा बस्दैन मानिस । कार्वाही नगरी के गर्ने ? 

बुधबार बिहानदेखि बिहीबार बिहानसम्मको २४ घण्टा काठमाडौं उपत्यकामा सडक दुर्घटना भएन । किनकि गाडीहरु कम गुडे । तर लकडाउन भएका बेलामा पनि गाडी गुड्नु दुःखद पक्ष हो । 

तेस्रो दिनसम्म आइपुग्दा काठमाडौंमा फाटफुट सवारी गुडे । लुकीछिपी पनि भित्री बाटोमा पनि सवारी चले । मुख्य सडकमा पनि जवरजस्ती गर्न खोजे । 
विशेष पास लिएकाहरु काम विशेषले केही मोटरसाइकलहरु निस्किएका छन् । यसबीचमा विशेष पासको समेत दुरुपयोग भएको पाइएको प्रहरीको भनाइ छ । 

लकडाउनको फाटफुटबाहेक प्रभाव राम्रो छ । कहिलेकाहिं लकडाउनको अपहेलना गरेको पनि पाइएको छ । 

बुधबार ९१ जनालाई नियन्त्रणमा लिएर सम्झाइबुझाइ गरेर कबुलनामा गराएर छाडिएको छ । अर्थात् १ जना पनि बाहिर आउन हुन्थेन । 

विशेष पास भएकाहरु पनि दुरुपयोग गरेर चलाइएको पाइएको ट्राफिक प्रहरीले जनाएको छ । 

अटेर कि अबुझ ? 
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब निरीक्षक प्रेम श्रेष्ठका अनुसार २४ घण्टामा सर्वसाधारण जानकारी नभएको जस्तो देखिएको छ । १०० र १०३ मा फोन आउने क्रम रोकिएको छैन । जानकारी भएर पनि अबुझ र उल्लंघनजस्तो देखिएको प्रहरीको निष्कर्ष छ ।  

लकडाउन भएपछि अहिलेसम्म नियन्त्रणमा लिएर कार्वाही चाहिं गरिएको छैन । 

कालोबजारी लगायतका गतिविधि रोक्नका लागि एक हजार प्रहरी थपिएर मोबिलाइज भइरहेको छ । प्रहरीले सिभिल ड्रेसमा छड्केसमेत गरिरहेको छ । 

उपत्यकामा चोरीको घटना भइरहेको छैन । मानिस बाहिर निस्कनासाथ केरकार हुने भएकाले चोरीको घटना दुई दिनको अवधिमा नभएको प्रहरी नायब निरीक्षक श्रेष्ठले बताए । 

तर २४ घण्टामा ८ जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरु आपसी झैं झगडामा सहभागी भएका थिए । 

रमिता हेर्न किन बाहिर निस्कने ? 
रमिता हेर्नका लागि बाहिर निस्कनेहरु पनि भएकाले यसो नगर्न प्रहरीले आग्रह गरेको छ ।  

काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा ओहोरदोहोर पातलो भए पनि भित्रि सडकहरुमा आवतजावत बढि नै रहेको छ । 

कतिपयले गुनासोसमेत गरिरहेका छन् । सडक खाली छ मलाई सर्दैन भनेर पनि हिंड्ने मानिस छन् । 

अहिले रमिता हेर्ने समय हैन भन्ने कुराको ज्ञान उनीहरुमा हुनु जरुरी छ । बालबालिकाहरु सामुहिक रुपमा खेलिरहेका छन् । 

आफ्नो परिवार बाहेकमा कसैको पनि सम्पर्कमा नआउन सरकारले गरिरहेको आग्रहमा अटेरी गर्नुले अहिलेको रमिताले ठूलो दुर्घटना निम्त्याउला भन्न सकिन्न । 

आपतविपद् परेकालाई कहिं जानु छ भने उनीहरुले पहिले सुरक्षाकर्मीलाई सूचित गरेर जान  पनि सकिन्छ । तर कतिपय मोटरसाइकल चालकहरु जवरजस्ती हिँड्ने गरेको पाइएको छ । 

यो रोगले कसैलाई आफ्नो भन्दैन । कलाकारदेखि खेलाडीसम्मका सेलिब्रिटीको ज्यान गएको छ । 

कोभिड–१९ बाट बेलायती राजकुमार नै संक्रमित छन् । विभिन्न देशका मन्त्रीहरु नै संक्रमित छन् । 

यसले कसैलाई काखा र कसैलाई पाखा गरेको छैन । सरकारले अहिले एक हप्ताका लागि लगाएको लकडाउनबाट मानिसले नबुझ्ने हो भने भोलिका दिनमा कर्फयू नलगाउला भन्न सकिन्न । 

लकडाउनबाट सन्तुष्ट भएर घरमै रमाउने वा कर्फयू भोगेर तनाव खेप्ने ? तर सरकारले हातमुख जोर्न पनि नसक्ने, मजदूर र खाद्यान्हको अभाव भएकालाई भने घरघरमा व्यवस्था गर्नुपर्नेछ । 

भारतको उत्तरप्रदेशमा प्रदेश सरकारले जनताको घरघरमा खाद्यान्ह लगायतका आवश्यक सामग्री पुर्याइरहेको छ । नेपाल सरकारले पनि गरोस् । 

स्थानीय र प्रदेश सरकरले त्यो काम गरोस् । काठमाडौं उपत्यकामै अभाव भइसक्यो । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गलत प्रचारप्रसार गर्नुभन्दा काममा कर्मचारीलाई खटाएर सेवा दिन सके उत्तम हुने थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ