arrow

सिन्धुपाल्चोकमा अवज्ञा गर्ने १५० नियन्त्रणमा

logo
रासस,
प्रकाशित २०७६ चैत १३ बिहिबार
traffic-check-lockdown1.jpg

मेलम्ची। सिन्धुपाल्चोकका विभिन्न स्थानमा नेपाल सरकारले  कोरोना सङ्क्रमण न्यूनीकरण गर्नका निम्ति घोषणा गरेको लकडाउन अवज्ञा  गर्ने १५० जना भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मेलम्ची इलाका प्रहरी कार्यालयका प्रमुख फलबहादुर तामाङले लकडाउन अवज्ञा गर्ने मेलम्ची क्षेत्रका मात्रै ३० जनाभन्दा बढी बजारबासीलाई नियन्त्रणमा लिइएको जानकारी दिए।  

नियन्त्रणमा रहेकाहरुलाई लकडाउनको औचित्यका बारेमा ३० मिनेट कक्षा लिएर पठाउने गरिएको र जबर्जस्ती गर्नेलाई सङ्क्रमण रोग  ऐन २०२० अनुसार कारवाही चलाइने सिन्धुपाल्चोकका डिएसपी माधव काफ्ले बताए। नागरिककै हितका निम्ति कोरोना भाइरस  सङ्क्रमणबाट बचाउन गरिएको लकडाउन पूर्णरुपमा पालन गर्न आग्रह गर्दै कडाइका साथ सीमा क्षेत्रमा प्रहरी परिचालन गरिने जानकारी प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले  दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ