arrow

घरमै बसेर कोरोना भाइरसको परीक्षण !

logo
प्रकाशित २०७६ चैत १३ बिहिबार
corona-test-kit.jpg

काठमाडौं । अब घरमै बसेर कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्न सकिने भएको छ । यसका लागि नेशनल हेल्थ सर्भिसको निर्देशानुसार एक कम्पनीले घरेलु टेष्ट किट तयार गरेको छ । 

यो किटले त्यसरी नै काम गर्नेछ जसरी गर्भवती महिलाले घरमै बसेर आफ्नो टेष्ट गर्ने गर्छिन् । 

केवल एक थोपा रगत मेसिनमा राखेपछि त्यसको नतिजा तत्काल आउने भएको छ । 

यो टेष्ट मेसिनबाट तपाईलाई कोरोना भाइरसको संक्रमण छ कि छैन भनी तत्काल थाहा हुन्छ । 

यो मेसिनबाट तपाईको शरीरमा कोरोना विरुद्ध एन्टिबडिज बनिरहेको छ कि छैन भनी समेत पत्ता लगाउने गर्छ । एन्टिबडिज बनिरहेको छ भने कोरोना संक्रमित रहेको पुष्टि हुन्छ । 

बेलायतको सरकारले ३५ लाख एन्टिबडिज टेष्ट गरिसकेको छ । अब सरकारले एनएचएसलाई सबै डाक्टर, नर्स र मेडिकल स्टाफमार्फत आमजनतालाई टेष्ट किट प्रयोग गर्ने तरीका बताउन आग्रह गरेको छ । 

इंगल्याण्डको नेशनल इन्फेक्सन सर्भिसका निर्देशक प्रा स्यारन पिककले साइन्स एन्ड टेक्नोलोजी कमिटिलाई यो टेष्ट किट एक हप्तामा आइपुग्ने बताएका छन् । 

त्यसपछि यसलाई बजारमा पठाइने छ । अनलाइन कम्पनी बुट्स र अमेजनमार्फत यो किट किन्न सकिने पनि जनाइएको छ । 

यसबाट सर्वसाधारणलाई फाइदा पुग्ने र यदि टेष्ट पोजेटिभ पाइए तत्काल उपचारका लागि अस्पताल आउन सक्नेछन् वा मेडिकल टिमलाई घरमा बोलाउन सक्नेछन् । 

मेडिकल टिमलाई पनि यसले फाइदा दिनेछ । किनकि उनीहरु कोरोना संक्रमितको जाँचमा लागेका कारण आफ्नो जाँचसमेत गर्न पाएका छैनन् । उनीहरुले पनि स्वयं परीक्षण गर्न सक्नेछन् । 

यो किटको क्षमताको परीक्षण अक्सफोर्ड विश्वविद्यालयमा भएको थियो । सात दिनभित्र यो टेस्टिङ किट बेच्न सकिने पनि जनाइएको छ । यसलाई निकै सस्तोमा वा फ्रीमै पनि दिन सकिने छ । (एजेन्सीको सहयोगमा)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ