arrow

स्वास्थ्य र उद्योग मन्त्रालयकै कारण सेनिटाइजरको अभाव

दुबै मन्त्रालयमा निवेदन लिएर निर्णय गर्न भने अलमल

logo
शान्ति रेग्मी,
प्रकाशित २०७६ चैत १३ बिहिबार
health-industry-commerce-ministry.JPG

काठमाडौं। कोरोना भाइरसको संक्रमण बढ्न नदिने उपायको रुपमा लिइएको ह्याण्ड सेनिटाइजरको देशभर उच्च माग रहेपनि माग अनुसारको आपूर्ती हुन सकेको छैन। व्यक्तिगत रुपमा प्रयोग हुने सेनिटाइजर देखि विभिन्न सार्वजनिक स्थानलाई पनि निर्मलिकरण गर्न सेनिटाइजरको प्रयोगको माग छ। तर माग अनुसारको आपूर्ती हुन नसक्दा समस्या परिरहेको छ।

बिदेशबाट आउने सेनिटाइजर कम आउन थालेपछि स्थानिय कतिपय कम्पनीहरुले बनाए पनि त्यसले पनि माग धान्न सकेको छैन। देशभर सेनिटाइजरको माग अस्वाभाविक रुपमा वढ्दा कालोवजारीले समेत प्रश्रय पाएको छ। दोब्बर तेब्बर मूल्यमा किन्नु पर्ने वाध्यता पनि उपभोक्ताहरुलाई छ।

यहि मागलाई दृष्टिगत गरि कोरोना संक्रमणलाई रोक्न तथा फैलिन नदिन कतिपय कम्पनीहरुले सेनिटाइजरको उत्पादन शुरु गर्न तत्परता देखाएका छन्। खासगरि औषधी उत्पादक कम्पनीहरु र डिस्टीलरी कम्पनीहरुले सेनिटाइजर बनाउने प्रस्ताव सरकारसँग राखेका छन्। औषधी उत्पादक कम्पनीहरुले स्वास्थ्य मन्त्रालयको औषधी व्यवस्था विभाग र डिस्टीलरी कम्पनीहरुले उद्योग मन्त्रालय नेतृत्व र उद्योग विभागमा प्रस्ताव गरेका छन्।

स्रोतका अनुसार कम्तिमा डेढ दर्जन औषधी उत्पादक कम्पनीहरुले औषधी व्यवस्था विभागमा सेनिटाइजर बनाउने प्रस्ताव सहित स्विकृतीको लागि निवेदन दिएका छन् भने उद्योग मन्त्रालयमा पनि हिमालयन डिस्टीलरी सहितका कम्पनीहरुले सेनिटाइजर उत्पादनको लाइसेन्सको लागि निवेदन दिएका छन्। नेपालमा कोरोनाको प्रभाव बढ्ने क्रमसँगै सरकारी निकायमा गरिएका यस्ता प्रस्ताव माथि लामो समयसम्म निर्णय हुन सकेको छैन। 

देशमा संकटको अवस्था हुँदा सरकारी निकायहरु आफै अग्रसर भएर सम्वन्धित संस्था तथा निकायहरुलाई बोलाएर काम लगाउनु पर्नेमा यहाँ नीजि क्षेत्र अग्रसर हुँदा पनि सरकारी निकाय अनिर्णयको बन्दी हुँदा देशमा सेनिटाइजरको अभाव वेहोर्नु परिरहेको छ। 

नेपालमै पाइने इथान अल्कोहलको प्रयोग गरेर औषधी कम्पनीहरुले सेनिटाइजर बनाउँन प्रस्ताव गरेपनि समयमै निर्णय नगर्ने सरकारी प्रवृती यहाँ पनि हावी भएको छ। एक औषधी उत्पादकले भने, ' सरकारले नेपालमै पाइने इथान अल्कोहलको प्रयोग गरेर सेनिटाइजर बनाउ भनेर भन्ने वित्तिकै उत्पादन शुरु गरि भने अनुसार सेनिटाइजर उपलव्ध गराउन सकिने दावी गरे। तर सरकारी तत्परता यसमा जरुरी छ।' 

लकडाउनको नाममा सबैलाई घर घरमा राखेर मात्र समाधान नुहने भन्दै उनीहरुले मानिसहरु नभएको बेलामा सार्वजनिक स्थलहरुलाई निर्मलिकरण गर्नुपर्ने काम पनि केहि नभएको बताए। कोरोना फैलिएको देशहरुमा बाटोदेखि सार्वजनिक स्थलहरु सबैमा सेनिटाइज गरिएको तस्विर तथा भिडियोहरु अहिले भाइरल समेत भएका छन्। तर नेपालमा सेनिटाइज गर्न प्रशस्त सेनिटाइजर नै नभएपछि यो काम द्रुत गतीमा हुन सकेको छैन। 

औषधी उत्पादक कम्पनीहरुलाई सरकारले औषधी उत्पादक जारी राख्र निर्देशन दिएको छ। तर नेपालमा कोरोना परिक्षण गर्ने कीट उत्पादन भएको छैन भने संसारभर यसको औषधी बनेको छैन। यो बेलामा संक्रमण फैलन नदिन महत्वपूर्ण सावित सेनेटाइजर बनाउन अनुमति नदिएर स्वास्थ्य मन्त्रालयले दोहोरो मापदण्ड अपनाएको स्वास्थ्य मन्त्रालयकै एक अधिकारीले बताए। 

औषधी व्यवस्था विभाजका डीजी नारायण ढकालले १० वटा कम्पनीले सेनेटाइजर बनाउने अनुमतिका लागि निवेदन दिएको जानकारी रहेको उल्लेख गर्दै सबै फाइल भने नहेरेको बताए। सेनिटाइजर बनाउने कम्पनीले कुन मापदण्डमा रहेर उत्पादन गर्न सक्छन भनेर वेभसाइटमा राखेको उल्लेख गर्दै ढकालले सोहि अनुसार परेको निवेदन, कागजात र स्याम्पल हेरेर निर्णय गर्ने बताए। कार्यालय खुल्ला रहेको जनाउँदै उनले उत्पादन गर्न चाहनेहरुले निवेदन गर्न सक्ने बताए। तर कहिलेसम्म उत्पादन गर्ने स्विकृती दिने भन्ने बारेमा उनले प्रष्ट्याएनन्। 

उद्योग मन्त्रालय नेतृत्व र उद्योग विभागले पनि सेनिटाइजर बनाउन लाइसेन्सका लागि परेको निवेदनमा निर्णय दिन सकिरहेको छैन। नेपालमा रहेका स्पिरिट उत्पादन गर्ने डिस्टीलरी कम्पनीहरुलाई बोलाएर यस बारेमा काम अघी बढाउन निर्देशन नै दिनुपर्नेमा उद्योग मन्त्रालय नेतृत्व पनि सक्रिय भएर अगाडी आउन सकेको छैन। 

नीजि क्षेत्रकै एक कम्पनी हिमालयन डिस्टीलरीले ह्याण्ड स्यानिटाइजर उत्पादनका सम्वन्धमा गरेको प्रस्तावमा समेत निर्णय गर्न ढीलाई भएको छ। सो कम्पनीले स्वास्थ्य मन्त्रालय र आन्तरिक राजस्व विभागमा पनि यस बारेमा प्रस्ताव गरेको बताइएको छ। ति निकायहबाट पनि उत्पादन स्विकृत दिलाउने सन्दर्भमा छलफल मात्र भएपनि निर्णय प्रक्रियालाई सहजिकरण गर्न ढीलाई भएको बुझिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ