arrow

संक्रमित युवतीसंगै जहाजमा आएका युवा ९ दिन गाउँमै बसेर गए क्वारेन्टाइन

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ चैत १३ बिहिबार
corona-virus-awareness.jpg

पाँचथर । कतारबाट नेपाल आएको जहाजमा कोरोना संक्रमित युवतीसँगै पाँचथरका दुई यूवा पनि भेटिएपछि उनीहरुलाई क्वारेन्टाइनमा पठाइएको छ ।

हाल झापा बसोबास गर्दै आएका गौतम थरका १ जना र पाँचथर नवमिडाँडा र शिवाका १-१ जना युवाहरु भने ९ दिनसम्म गाउँमै रहेको खुलेको छ । नवमिडाँडाका युवा भने स्वास्थ्य परिक्षणको लागि फिदिम पुगेका थिए ।

उनलाई अन्य समस्या देखियो भने आउन भन्दै चिकित्सकले फर्काइदिएको समेत बुझिएको छ । दुवैजनालाई मोरङको टाँडीमा रहेको क्वारेन्टाइनमा राख्नको लागी लगिएको बताइएको छ ।

उनीहरुको परिवारलाई घरमै विशेष निगरानीमा “होम क्वारेन्टाइन“मा राखिने भएको छ । उनिहरुसंगै आएका गौतम थरका युवा भने हाल झापामा बसोबास गर्दै आएकोले झापामै परिवार सहित क्वारेन्टाइनमा रहेको श्रोतले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ