arrow

लकडाउनमा चलाएका गाडी एकसाता प्रहरी हिरासतमा रहने

logo
सीता डोटेल,
प्रकाशित २०७६ चैत १३ बिहिबार
pakrau-bike.jpg

रामपुर पाल्पा । विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरस रोकथामका लागि लागू गरिएको लकडाउन उल्लंघन गर्ने विरुद्ध प्रहरीले कारबाही नै थालेको छ ।

११ गते देखि लकडाउन शुरु भएकोमा सर्वसाधारण घर बाहिर निस्केको पाएपछी सोही दिन दिउँसो ३ बजेदेखी निषेधाज्ञा लगाएको थियो । पहिलो दिन लकडाउन अवज्ञा गर्दै चलाएका  मोटरसाइकल सहित सवारीसाधन दिनभर प्रहरीले राखिदिएको थियो । 
 
कोरोनाबाट बच्न घरबाट बाहिर ननिस्कन सरकारले आग्रह गरेपनि लकडाउनमा नागरिक बाहिर निस्किरहेपछी लकडाउनको दोस्रो दिनदेखि प्रहरीले कडाइ गर्दै लगेको छ । उल्लंघन गरेर सडकमा निस्किएका सवारीसाधानलाई इलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिएर प्रहरी हातामा राखेको छ ।

 लक डाउनको पहिलोदिन नियन्त्रणमा लिइएका सवारीसाधन सोहिदिन साँझ छोडिदिएकोमा दोस्रो दिन देखि प्रहरीले अनुमती बिना चलाउदा समातेका सवारीसाधनहरु प्रहरी कार्यालयमा नै राखेको हो । 

नागरिकलाई आग्रह गर्दा समेत विशेष गरि मोटरसाइकल र विभिन्न निजि गाडी समेत चलिरहेकोमा त्यस्ता गाडिलाई नियन्त्रणमा लिएको र लकडाउनको समयसम्न नछोड्ने इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ