- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । कोरोना भाईरसको आशंका लागेका विरामीहरुको स्वाव परिक्षण गर्नका लागि अहिले काठमाण्डौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै गरिने गरेकोमा अहिले प्रदेश नं.५ सरकारले रुपन्देहीको भैरहवामा प्रदेश स्तरीय कोरोना ल्याब परीक्षण केन्द्र स्थापनाका लागि भैरहवाको अंचलपुर स्थित राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमको भवनमा निर्माण कार्य तिव्र पारेको छ ।
देशभरको कोरोना भाईरस भए नभएको वारे परिक्षणका लागि अहिले टेकुमा पठाउनु पर्ने र रिपोर्ट आउन लामो समय लाग्ने भएकाले यता विरामीहरुको संख्या अस्पतालहरुमा धेरै भई उपचार पनि झन्झटिलो हुने भएको भन्दै प्रदेश वासीहरुको लागि कोरोना भाईरस परिक्षण प्रदेशमै गरिने र छिटोछरितो हुने भएकाले कोरोना भाईरस ल्याव परिक्षण केन्द्रको स्थापना गर्न थालिएको प्रदेश–५ का सामाजिक विकास विकासमन्त्री सुदर्शन बरालले बताए ।
अहिले सम्म प्रदेश ५ का सबै नमुना संकलन गरी काठमाडौं पठाउनु परेको अवस्थामा कोरोनाका लक्षण मेल खाने विरामीको परीक्षण प्रदेशमा स्थापना गरिने ल्याबमा नै गरिने हाम्रा कुरा डकटम संगको कुराकानीमा मन्त्री बरालले बताए ।
पिसीआर मेसिन, परिक्षणका लागि रिएजेन्ट (किट) र प्राविधिक जनशक्ति उपलब्ध भएमा करिव एक साता भित्र उक्त कोरोना भाईरस ल्याव परिक्षण केन्द्रलाई सञ्चालनमा ल्याउने तयारीमा लागेको सामाजिक मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा.उमाशंकर चौधरीले जानकारी दिए । यस्तै सो केन्द्र स्थापना भएमा छिटोछरितो सेवा प्रवाह हुने प्रदेश –५ सामाजिक मन्त्रालयको अपेक्षा रहेको छ ।