arrow

लकडाउनको बेला औषधी बोकेर मुख्यमन्त्री नै सडकमा आएपछि...

logo
प्रकाशित २०७६ चैत १३ बिहिबार
cm.png

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी शुब्बा गुरुङ बिहीबार आफै औषधी बोकेर सडकमा आएका छन् । पोखरा महानगरकाले नगर क्षेत्रका भीडभाड हुने स्थानमा (डिसइन्फेक्सन स्प्रे) किटनासक औषधी छर्कने क्रममा उनी आफै सडकमा आएका हुन । 

औषधी छर्ने क्रममा  महानगरको न्युरोडस्थित कार्यालयबाट किटनासक औषधी छर्न सुरु गरिएको हो । उक्त कार्यको बिहीबार दिउँसो गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शुभारम्भ गरेका हुन् ।

कोरोना भाइरसको संक्रमणलाई महानगर क्षेत्र भित्र फैलिन नदिन किटनासक औषधी छर्न सुरु गरिएको महानगरका प्रमुख मानबहादुर जिसीले बताए । 

उनले महानगर क्षेत्रका भीडभाड हुने ठाउँहरु, अस्पताल, सेवाग्राही बढी आउने सरकारी कार्यालय, लगायत ठाउँहरुमा किटनासक औषधी छरिने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ