arrow

बुद्ध एयर चार्टर गरेर ५९ जना फ्रान्सेली काठमाडौँमा

logo
प्रकाशित २०७६ चैत १३ बिहिबार
Buddha_Air.jpg.jpeg

चिप्लेढुङ्गा । कोभिड –१९ को सङ्क्रमणले नेपाल घुम्न आएका पर्यटक अलपत्र परेपछि काठमाडौँस्थित फ्रान्सेली दूतावासले बुधबार पोखराबाट बुद्ध एयर चार्टर गरेर ५९ जना आफ्ना नागरिक  काठमाडौं लगेको छ । 
    
सरकारले कोरोनाको सङ्क्रमणको बढ्दो जोखिम न्यूनीकरण गर्न देशभरि लकडाउन गरेपछि यतिबेला विभिन्न देशबाट आएका पर्यटक अलपत्रमा परेका छन् ।  

पोखरा र आसपास क्षेत्रमा पदयात्रामा रहेका फ्रान्सेलीलाई दूतावासले परराष्ट्र र  गृह मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालय पोखरामार्फत पत्राचार गरेर आफ्ना नागरिकलाई काठमाडौँ लैजाने प्रबन्ध मिलाएको हो । अहिले विभिन्न देशले आफ्ना नागरिकको खोजी गर्दै स्वदेश फर्काउने पहल थालेसँगै  दूतावासले पनि सो प्रक्रियालाई अगाडि बढाएको हो । 

पर्यटन प्रहरी पोखरा कास्कीका प्रमुख प्रहरी निरीक्षक गणेश खनालले पोखरामा सम्पर्कमा आएका ती नागरिकलाई पोखरा विमानस्थलमा पुर्‍याइएको बताए । उनले भने, “हामीले पोखरा लेकसाइडमा सम्पर्कमा आउनु भएका ५९ जना फ्रेन्च नागरिकलाई पोखरा एयपोर्टसम्म यातायातबाट पुर्‍याउने व्यवस्था गर्‍यौँ ।”

मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले मुस्ताङबाट १२१ विदेशी पर्यटकलाई पोखरा पठाएको र सबैभन्दा बढी फ्रान्सका २१ पर्यटक भएको जानकारी दिए । 

उनले मुस्ताङ र मनाङमा रहेका सबै विदेशी पर्यटकलाई सम्पर्कमा रहनसमेत आग्रह गरिएको र अलपत्र परेका पर्यटकलाई उद्धार गरिएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ