arrow

अनाथ बालिकामाझ नायिका पवित्राको जन्मदिन

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
80843860.jpeg
काठमाडौं । फिल्म ‘विजयपथ’बाट नायिकाका रुपमा नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी नायिका पवित्रा आचार्यले हालै आफ्नो जन्मदिन अनाथ बालिकाहरुमाझ मनाएकी छन् । तिहार मनाउन  चितवन पुगेकी उनले देवघाट स्थित लोक कल्याण सेवा प्रतिष्ठानले संचालन गरेको ‘श्री रामजानकी बालिकाश्रममा मनाएकी हुन् । 

कुशल नृत्यांगनासमेत रहेकी पवित्राले ‘राजनीति’ र ‘आवेग’मा पनि अभिनय गरेकी छन् । ‘राजनीति’ प्रदर्शन भईसकेको छ भने ‘आवेग’ प्रदर्शनको तयारीमा छ । यी तिनवटै फिल्मका निर्देशक बसन्त निरौला हुन् ।

‘भव्यताका नाममा फजुल खर्च गरेर पार्टी दिएर जन्मदिन मनाउने प्रथाको म विरोधी हुँ,’ उनले भनिन्,‘त्यसकारण आफ्नो खुशीको पल अनाथ बालिकासँग साटेकी हुँ ।’ उनले बालिकाहरुलाई तिहारका विभिन्न उपहारसहित एक दिनको खानाको ब्यवस्था गराइदिएकी थिईन् । उनी नयाँ फिल्म ‘होलिडे’को तयारीमा छिन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ