arrow

हवाई आक्रमणमा १० तालिवान मारिए

logo
प्रकाशित २०७३ वैशाख १३ सोमबार
Drone-attack.jpg.jpeg
कुन्दुज (अफगानिस्तान) । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा सुरक्षाकर्मीको कारबाहीका क्रममा १० जना तालिवान लडाकू मारिएको छ । उक्त प्रान्तको आर्ची जिल्लामा आश्रय बनाएर लुकेर बसेका तालिवान लडाकूलाई लक्ष्यगरी सोमबार गरिएको हवाई आक्रमणमा ती तालिवान मारिएका हुन् । 
 
अफगानिस्तानको गृहमन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ । त्यस क्रममा अरु केही घाइते पनि भएका सो विज्ञप्तिमा उल्लेख गरिएको छ । आर्ची जिल्लाको दसत ई इलाकामा यसअघि पनि गतहप्तामात्र तालिवान लुकेर बसेको स्थानलाई लक्ष्यगरी गरिएको आक्रमणमा परी एक दर्जनभन्दा बढी तालिवान मारिएका थिए । एकहप्ता अघिबाट नै प्रहरी कारबाही जारी रहेको यस आर्ची जिल्लामा सोमबार पनि हवाई आक्रमण गरिएको जनाइएको छ । 
 
पूर्वी अफगान प्रान्त नान्गाहारमा आइतबार अमेरिकासँग आवद्ध संयुक्तबलले गरेको हवाई आक्रमणमा इस्लामिक स्टेट्स (आइएस) का दुई जना आतङ्ककारी मारिएको एक सैनिक विज्ञप्तिमा सोमबार जानकारी दिएको छ । 
 
सो संयुक्तबलले आचिन प्रान्तमा आइएस लडाकूको आखडालाई लक्ष्यगरी गरिएको हवाई आक्रमणमा दुई आतङ्ककारी मारिएको अफगान बिशेषबलद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । त्यसैगरी शनिबार अफगानिस्तानको राजधानी काबुलमा जारी विशेष कारबाहीमा परी दुई तालिवान आतङ्ककारी पक्राउ परेका जनाइएको छ । एपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ