- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाँचथर । वैदेशिक रोजगारीबाट फर्किएका पाँचथरको मिक्लाजुङ गाउँपालिकाबाट एक परिवारका ४ जना ब्यक्तिहरुलाई मोरङको टाँडीमा आईतबार आइशोलेनशनका लागि पठाइएको छ ।
मिक्लाजुङ गाउँपालिका वडा नम्बर ८ का कतारबाट नेपाल आएका उनलाई प्रदेश सरकारले निर्माण गरेको मोरङको टाँडीमा आइशोलेशनका लागि पठाइएको पालिका उपप्रमुख उर्मिला राईले बताए ।
गत चैत्र ६ गते कतारबाट नेपाल आएका उनलाई ज्वरो आएको थियो । यहिँ क्वारेन्टाइनमा बस्नु भन्दा प्रदेश सरकारले निर्माण गरेको आइशोलेनशनमा वस्दा उपचार सहयोग पुग्ने हुँदा उनी र उनको परिवारलाई टाँडी पठाइएको उपप्रमुख राईले बताए।
विदेशबाट नेपाल फर्किएका ७ जनालाई पालिकाले रवि क्याम्पसमा निर्माण गरेको पब्लिक क्वारेन्टाइनमा राखिएको छ ।