arrow

शिशुको ज्यान गएपछि मेची अञ्चल अस्पताल घेराउ

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
808221848.jpeg
भद्रपुर । मेची अञ्चल अस्पतालका चिकित्सकले बिरामीको उपचारमा बेवास्ता गर्दा ज्यान गएको भन्दै पृथ्वीनगरका युवाले आइतबार अञ्चल अस्पताल घेराउ गरेका छन् । हिजो दिउँसो सामान्य बिरामी भएर अस्पताल भर्ना गराइएका पृथ्वीनगर–६ सोमबारेका हर्क थेवेकी ४५ दिनकी छोरीको उपचारका क्रममा गएराति मृत्यु भएको थियो । 

शरीरमा अक्सिजनको मात्रा कम भएर अस्वस्थ बनेकी ती शिशुलाई सामान्य अवस्थामा अस्पताल ल्याई पु¥याइए पनि आकस्मिक कक्षमा रहेका स्वास्थ्यकर्मीले समयमै उपचार दिन ध्यान नदिएर अन्यत्रै अलमल गरेपछि स्वास्थ्य अवस्था गम्भीर भई ज्यान गएको आफन्त खड्गबहादुर लिम्बुले आरोप लगाए ।

उनका अनुसार उपचार कक्षमा जिम्मेवारी पाएका चिकित्सकले अक्सिजन अभाव भएको बहानामा बिरामीको जाँच नगर्दा अर्को अस्पताल लानुपरेको र लाने क्रममा बाटामै मृत्यु भएको थियो । 

यता अस्पताल परिसरको तनाव अन्त्य गर्न निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा पिताम्बर ठाकुरले पीडित पक्षसँग गरेको छलफलमा केही समय यता अस्पतालमा कार्यरत चिकित्सकको व्यवहारबारेमा जनगुनासो बढ्दै गएको स्वीकार्दै त्यसलाई न्यून गर्न आफू लाग्ने प्रतिवद्धता जनाए ।

अस्पतालमा अक्सिजन लगायतका अत्यावश्यक सामग्री भएपनि आइसियु कक्ष सञ्चालनमा सरकारले प्राविधिक सेवा सहयोग प्रदान गर्न ढिलाइ गर्दा समस्या भएको उनको गुनासो थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ