arrow

सेलपेबाट भुक्तानी गर्दा १० थान मास्क निशुल्क पाईने

logo
प्रकाशित २०७६ चैत २० बिहिबार
cell-pay.jpg

काठमाडौं। डिजिटल भुक्तानी सेवा सेलपेले सस्तो डिलसगको सहकार्यमा निशुल्क १० थान मास्क निशुल्क उपलब्ध गराउने भएको छ। यस सहकार्य अन्तर्गत सस्तोडिलबाट कुनै पनि अत्यावश्यक सामग्रीको खरिद गरी सेलपेबाट भुक्तानी गरेमा ग्राहकहरुले १० थान मास्क निशुल्क पाउने कम्पनीले बताएको छ।

हाल विश्व भरी फैलिदै गरेको कोरोना भाईरस (कोविड १९) को संक्रमणबाट बच्नको लागि सहयोग पुगोस भनेर यो अफर ल्याएको कम्पनीले जनाएको छ। नेपाल सरकारबाट आम सर्वसाधारणलाई सामाजिक दुरी कायम गर्न र अत्यावश्यक कार्यका लागि बाहेक घरबाट बाहिर ननिस्कन निर्देशन छ,  यस समयमा ग्राहकहरुको सुरक्षा र अत्यावश्यक आवश्यकताहरुलाई ध्यानमा राखी अत्यावश्यक सामाग्रीहरु ग्राहकहरुको घरमै पुर्याउन लागि नेपाल सरकारबाट अनुमती प्राप्त गरेको छ। यसबाट ग्राहकहरुले कोरोनाको संक्रमणबाट बच्नको लागि सामाजिक दुरी कायम गर्न थप मद्दत पुग्ने बताइएको छ।

यसका साथै भुक्तानी गर्दा नगद कारोवारबाट पनि कोरोना भाईरसको संक्रमणको खतरा भएको हुँदा, डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नको लागि सस्तोडिल कुनै पनि अत्यावश्यक सामग्री खरिद गर्दा सेलपेका ग्राहकहरुले सेलपेको मोबाईल वा वेब एप्लिकेसनबाट सहज र सुरक्षित माध्यमबाट भुक्तानी गर्न सक्ने बताइएको छ।

साथै कोरोना भाईरसको संक्रमणबाट जोगिनको लागि मास्कको अत्याधिक माग भएकोले सेलपेले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सेलपेका ग्राहकहरुलाई मास्क निस्शुल्क उपलब्ध गराउन लागेको जनाएको छ। जस्को लागि सेलपेको ग्राहकहरुले सस्तोडिल मार्फत कुनै पनि अत्यावश्यक सामग्रीको खरिद गर्दा सेलपे एप्प मार्फत भुक्तानी गरेमा १० थान मास्क निस्शुल्क पाउने बताइन्छ।

सेलपेद्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, समेत गर्न सकिने बताइएको छ। यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्ने बताइएको छ।

नेपालमा मास्कको अभाव खडकिएसगै व्यवसायी दीपक मल्होत्राले नेपालमै मास्क उत्पादन सुरु गरेका छन्। उनले नै सुरु गरेको मास्क सस्तोडिलको सामानमा सेलपेबाट भुक्तानी गर्दा १० थान निशुल्क पाउने बताइएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ