arrow

तीन युवा समाजसेवीले गरे गरीव तथा विपन्न परिवारलाई खाद्यान्न सहयोग

logo
गोविन्द बीसी, 
प्रकाशित २०७६ चैत २१ शुक्रबार
91982316_279263933073213_27.jpg

बौनिया । दैनिक ज्याला मजदरी गरी जीवन निर्वाह गर्ने गरीव र विपन्न घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको छ । 

आर्थिक अवस्था कमजोर भएका र लकडाउनको कारण दैनिक रूपमा कामकाज गर्न नसकी समस्यामा परेका घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको हो ।

कैलालीको बर्दगोरिया गाउँपालिका अन्तर्गतका विभिन्न वडाहरुमा विपन्न परिवारको पहिचान गरि खाद्यान्न सहयोग गरिएको बर्दगोरिया–१ का युवा समाजसेवी अजय मल्लले जानकारी दिए । 

दैनिक ज्याला मजदूरी गरेर खानुपर्ने ती घरपरिवारलाई बिहीबार चामलसंगै आवश्यक दाल, नून, तेल र चाउचाउ सहयोग गरिएको हो । प्रति घरपरिवारलाई २५ केजी चामल, २ प्याकेट तेल, २ प्याकेट नुन र ५ प्याकेट चाउचाउ दिइएको छ । 

चाउचाउ बौनियाका व्यापारी ओमनारायण महतोले सहयोग गरेको जनाइएको छ । बिहीबार वडा नम्बर(१, ३ र ४ का २५ घरपरिवारलाई उक्त खाद्यान्न वितरण गरिएको छ ।

युवा समाजसेवी एवं व्यवसायी अजय मल्ल, भुमप्रसाद ओली र मधुकर सिजापतिमगरले उक्त खाद्यान्न वडास्तरका मजदुर परिवारलाई अप्ठ्यारो समयमा केही राहत पुगोस् भन्ने उद्देश्यले वितरण गरेका हुन् । 

आफूहरु तीन जनाको आपसी समन्वय तथा सहकार्यमा आफ्नो गाउँपालिका अन्तर्गतका विभिन्न वडाभित्र रहेका मजदुर परिवारलाई खाद्यान्न सामाग्री वितरण गर्दा केही सामाजिक उत्तरदायित्व तथा मानवीय सेवा पूरा गरेको महसुस भएको समाजसेवी अजय मल्लले बताए । 
अन्य वडामा समेत लगत संकलन  गरि वितरण कार्य भइरहेको र शुक्रबार थप खाद्यान्न सामाग्री वितरण गरिने उनले जानकारी दिए ।

‘वडाका दैनिक ज्याला मजदुरी गरेर खानुपर्ने अन्य गरिब तथा विपन्न परिवारको पनि लगत संकलन गरिरहेका छौं’, समाजसेवी मल्लले भने, ‘वडाबाट  सम्पर्कमा आएका सबैलाई राहत स्वरुप आवश्यक खाद्यान्न तथा सहयोग वितरण गरिन्छ ।’

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस ९कोभिड(१९० रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको समयमा मजदुरी गरेर बिहान बेलुकाको छाक टार्ने मजदुर वर्गलाई अझै बढी समस्या परेकाले आफूहरूले पहल थालेको मल्लको भनाइ छ । विषम परिस्थितिमा अप्ठेरो तथा संकटका बेला सबै नागरिकले आ(आफ्नो ठाँउबाट मानवीयता र सामाजिक उत्तरदायित्व सम्झेर सहयोग गर्नुपर्ने बेला आएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ