arrow

दूरसञ्चार प्राधिकरणबाट कोरोना कोषमा १५ करोडको सहयोग, नेपाल टेलिकमको १२ करोड

logo
प्रकाशित २०७६ चैत २१ शुक्रबार
nta-ntc.jpg

काठमाडौं। नेपाल दुरसञ्चार प्राधिकरणले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १५ करोड रुपैयाँ सहयोग गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहिवार आयोजित एक समारोहका बीच प्रधानमन्त्री कार्यालयका सचिव तथा कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषका सदस्य–सचिव नारायण प्रसाद बिडारीलाई प्रधिकरणका अध्यक्ष पुरुसोत्तम खनालले १५ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

उक्त कार्यक्रममा अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट समेतको उपस्थिति रहेको थियो।

साथै सो कार्यक्रममा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले समेत टेलिकमको तर्फबाट १० करोड र कर्मचारीको तर्फबाट २ करोड समेत गरी १२ करोडको चेक हस्तान्तरण गरे। सो कार्यक्रममा बैकिङ तथा दुरसंञ्चारसंग सम्बन्धीत संस्थाहरुले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम हस्तान्तरण गरेका थिए।

हाल नोबेल कोरोना भाइरस महामारीको रुपमा विश्वभर फैलिरहेको र नेपाल पनि उक्त भाइरस संक्रमणको उच्च जोखिममा रहेको अवस्थामा नेपाल सरकारले स्थापना गरेको सो कोषमा बिभिन्न ब्यक्ति तथा कम्पनीहरुले आर्थिक सहयोग गरिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ