arrow

भ्लादिमिर पुटिन युरोपेली एकतादेखि डराए : ओबामा

logo
प्रकाशित २०७३ वैशाख १४ मंगलबार
26PREXY-master768.jpg.jpeg
वासिङ्टन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन युरोपेली देशहरुको एकतादेखि डराएको आरोप लगाएका छन् ।  साथै ओबामाले रसियाली राष्ट्रपति पुटिनले पछिल्लो समयमा विकसित हुदै गएको युरोपेली युनियनको एकतालाई कम आँकलन गर्ने गरेको पनि बताएको समाचारमा जनाइएको छ । 
 
मङ्गलबार बिहान प्रशारण गर्नेगरी सोमबार सिबिएस न्युजलाई दिएको अन्तरवार्तामा राष्ट्रपति ओबामाले सो धारणा राखेका हुन् । उनले युरोपमा हालैका दिनमा अप्रवासीसम्बन्धी समस्या उत्पन्न भएको भन्दै यो समस्याका कारण युरोपका देशहरु एकताबद्ध भइ काम गरिरहेका धारणा पनि राखे । साथै यसका कारण अमेरिकाले पनि संघर्ष गर्नु परिरहेको भन्दै युरोपको सो समस्याको समाधानका लागि अमेरिका पनि लागिपरेको धारणा राखे।
 
राष्ट्रपति ओबामाले युरोपेली देशले हालैका दिनमा गरेका संघर्षका कारण ती देशको आप्रवासी समस्याको समाधानमा विभिन्न विकल्प निकाल्न सकिएको पनि बताए । रसियाली राष्ट्रपति पुटिनले युरोपेली राष्ट्रहरुबीचको एकतालाई कम आँकलन गरेर भूल गरेको टिप्पणी पनि सो अन्तरवार्तामा गरेका छन् । साथै उनले सो विषयमा गम्भीर हुन र आगामी जुन महिनामा हुन लागेको जनमत संग्रहमा युरोपेली युनियन छोड्ने निर्णय नलिन पनि ओबामाले बेलायतलाई आग्रह गरे । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ