arrow

लकडाउन : फेसबुक, युट्युव चलाएरै काट्छन् अधिकांशले दिन

logo
प्रकाशित २०७६ चैत २३ आइतबार
mobile.jpg

काठमाडौं। कोरोना भाइरस, (कोभिड —१९ ) को जोखिम हुन नदिन जारी भएको लकडाउनलाई अधिकांशले  सामाजिक सञ्जालमा नै बिताउने गरेका छन् । 

घरबाहिर निस्कन नपाएपछि आफूले सूचनाको भरपर्दो माध्ययमका रुपमा सामाजिक सञ्जालको प्रयोग गर्ने गरेको काठमाडौँका बिनोद फुँयाल बताउछन् । “सरकारले गरेको निर्णयप्रति मेरो पूर्ण रुपमा समर्थन छ, तसर्थ मैले घरभित्रै बसेर नियमको पालना गरिरहेको छु”, उनले भने ।

 कतिपय मानिस घरबाहिर निस्कने गरेकोमा भने उनको आक्रोस छ । उनी भन्छन्, “सरकारले हाम्रै स्वास्थ्यको सुरक्षाको लागि नियम लागू गरेको छ, आखिर के का लागि नियमको उल्लङ्घन गरेको ?” नियमको उल्लङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको बुझाइ छ । 

त्यस्तै प्रह्लाद चापागाईंको दैनिकी पनि सामाजिक सञ्जाल फेसबुक र युट्युव चलाएरै बित्ने गर्छ । उनले दिनहुँ युट्युवमा मनोरञ्जनात्मक सामग्री हेरेर समय बिताइरहेका छन् । मजदुरी गरेर जिविका चलाउने उनको जीवन भने केही कष्टकर नभएको होइन । “सरकारले राहत सामग्री समयमै उपलब्ध गराइदिए खासै समस्या हुने थिएन्”, उनले भने । 

अधिकांश समय घरबाहिरै बिताउनेहरु लकडाउन आज तेह्र दिन भए पनि अझै थप्नुपर्ने माग राख्छन् । कोरना भाइरस  एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले केही साता लकडाउन थप्नुपर्ने भूगर्भविद अमृत ढकाल बताउछन् । भन्छन्, “अहिले सरकारको निर्णयलाई पूर्ण रुपमा पालना गर्नु अहिलेको बुद्धिमानी हो ।” सामाजिक सञ्जालमै समय बिताइरहेका उनी पहिले अधिकांश समय बाहिरै बिताउछन् । आजकल परिवारसँगै समय बिताउन पाउँदा उनी निकै हर्षित छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ