arrow

सुनसरीको मस्जिदमा १४ भारतीय र ८ पाकिस्तानी फेला, दिल्लीको मरकजबाट सुनसरीमा

logo
प्रकाशित २०७६ चैत २३ आइतबार
mosque-sunsari.jpg

सुनसरी। लकडाउन सुरु भएपछि भारतको नयाँदिल्लीबाट नेपाल प्रवेश गरि सुनसरीका दुईवटा मस्जीदमा आश्रय लिएर बसेका १४ भारतीय र ८ पाकिस्तानी गरि २२ जना फेला परेका परेका छन्। फेला पारेका मध्य भारत मुम्बई ठेगाना बताउने १४ गना सुनसरीको हरिनगर गाउपालिका १ स्थित जामिया मस्जीद मरकजमा एक सातादेखि रहँदै आएका छन्।सुनसरी प्रहरीले उनीहरुलाई शनिवार बिहान फेला पारको हो।

प्रहरीले हाल उनीहरुमा कोरोना सक्रमणको कुनैपनि लक्षण नदेखिएकाले मदरसा भित्रै सुरक्षित रुपमा क्वारेन्टाईनमा बस्ने व्यवश्था मिलाउदै धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाव परिक्षणका लागी पठाएको छ। यसैगरि सुनसरी इटहरी उपमहानगरपालिका १८ स्थित जतपुर मस्जीदमा आश्रय लिएर बसेका ८ जना पाकिस्तानी नागरिकहरुलाई स्थानियको सुचनाका आधारमा शनिवार नै प्रहरीले फेला पारेको थियो।

इलाका प्रहरी कार्यालय पकलीले उनीहरुलाई आवश्यक स्वास्थ्य परिक्षणका लागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वाव परिक्षणका लागी पठाएको छ। कोरोनाको प्रभाव बढ्दै जाँदा स्थानियहरुले विदेशबाट आउने स्वदेशी तथा विदेशीहरुको बारेमा निगरानी बढाउदै सुचना संकलन गर्दै फेला पारेका मानिसहरुको बारेमा प्रहरीलाई जानकारी गराउने क्रम बढेको छ। प्रहरीले २२ जनाको जानकारी स्थानीयबाटै पाएको थियो।

नयाँदिल्लीस्थित निजामुद्दीन मरकजको आयोजनामा भएको तबलीगी जमातको धार्मिक सभाबाट फर्किएकाहरु रातारात नेपालका तराईका जिल्लामा रहेको मस्जिदमा आइपुगेका हुन्। भारतमा तबलिगी जमातको जमातीका कारण कोरोना संक्रमण फैलिएपछि नेपालमा पनि उच्च सर्तकर्ता अपनाइएको छ। क्वारेन्टाइनमा नबसी यात्रा र भेटघाट जारी राख्दा दिल्लीबाट उनीहरु मार्फत कोरोना सक्रमणको खतरा बढेको बताइन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ