arrow

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य चौथो पटक प्रभावित, यस पटक कोरोनालाई दोष

logo
नारायण वली,
प्रकाशित २०७६ चैत २३ आइतबार
gautam-buddha-international-airport1.jpg

रुपन्देही। कोरोना भाइरस (कोभिड–१९) का कारण राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य प्रभावित बनेको छ। चिनियाँ निर्माण कम्पनीले निर्माण गरिरहेको विमानस्थल २०७६ साल चैत १८ गते सम्म निर्माण कार्य सकाउने अन्तिम म्याद थियो। कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि लकडाउन जारी भएका कारण काम प्रभावित भएको आयोजनाले जनाएको छ।

विमानस्थलको निर्माणमा धावन मार्ग, अन्तराष्ट्रिय टर्मिनल भवन, ट्याक्सी वे, सिसिटिभी, रेस्क्यु एण्ड फायर फाइटिङ, कन्ट्रोल टावर, केही प्राविधिक उपकरण जडान र प्रशासनिक भवन लगायत ९० प्रतिशत कार्य सम्पन्न गरिसकेको भएपनि लकडाउनका कारण थप काम गर्न समस्या भएको निर्माण कम्पनीले जनाएको छ।

निर्माण कार्यमा स्थानीय मदजुरहरु लकडाउनका कारण घर फर्किसकेको, नदीजन्य पदार्थ निकासी गर्न नपाएको र विमानस्थलमा जडान गर्न खरिद गरेका उपकरणहरु ल्याउन नपाएपछि निर्माण कार्य प्रभावित बनेको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए।

यस्तै चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैयाँमा ग्लोबल टेन्डर मार्फत् विमानस्थल निर्माण कार्यको जिम्मा लिएको थियो। जसको करिव ३ वर्ष अगाडी नै निर्माण कार्य सम्पन्न गुर्नपर्ने सम्झौता भएपनि निर्माण कम्पनीले मधेस आन्दोलन, भारतीय नाकाबन्दी र आन्तरिक कारण देखाउँदै चार पटक निर्माण सम्पन्न गर्ने म्याद थपिसकेको छ।

यो चार पटक थपेको म्यादमा पनि विमानस्थल निर्माण कार्य सक्न गाह्रो भएको आयोजना प्रमुख अधिकारीले बताए।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ