arrow

कतारबाट फर्किएका इलामका एक युवकको पनि नेगेटिभ आयो रिपोर्ट 

logo
प्रकाशित २०७६ चैत २४ सोमबार
quatar-ktm-airlines.jpg

इलाम।  कतार एयरवेजबाट आएका इलामका एक युवकको रिपोर्ट 'नेगेटिभ'  आएको छ । युवतीसँगै आएका इलामका एक युवकको कोरोना भाइरसको नतिजा ‘नेगेटिभ’ आएको हो ।

चैत्र ४ मा कतारबाट काठमाण्डौ आएका कोरोना संक्रमित दोस्रो व्यक्तिसंगै एउटै विमानमा आउने मध्ये इलाम नगरपालिका ४ बस्ने २८ बर्षिय युवक पनि थिए । उनी आफ्नै घरमा क्वारेन्टाइनमा बसेका छन् । 

युवकको चैत्र २१ मा कोरोना संक्रमणको स्वाब कलेक्सन गरि परिक्षणको लागि बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परिक्षणको लागि पठाईएको थियो । युवकको स्वाव परिक्षणमा ‘नेगेटिभ’ आएको इलाम अस्पतालका मेडिकल सरिटेण्डेन्ट डा.प्रभु साहले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ