arrow

अर्थतन्त्रमा परेको असरबारे सरकारले श्वेतपत्र जारी गर्ने

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
109707282.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नाकाबन्दी र मधेस आन्दोलनले अर्थतन्त्रमा परेको असरबारे सरकारले श्वेतपत्र जारी गर्ने बताएका छन् । ओलीले नाकाबन्दी अमानवीय भन्दै नाकाबन्दी हटाउन छिमेकी भारतलाई जोडदार आग्रह गरेका छन् ।
 
आइतबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नाकाबन्दी र आन्दोलनले नेपाली अर्थतन्त्र धरासायी बन्दै गएको भन्दै अर्थतन्त्रको असरबारे सरकार गभ्भीर रहेको बताए । 
 
नेपालको व्यवसाय चौपट भएको भन्दै प्रधानमन्त्री ओलीले आन्दोलनरत दललाई वार्ताबाटै समाधान खोज्न आग्रह गरे । अहिले नेपाल युद्धको जस्तो मानवीय संकटमा रहेको भन्दै यसबारे असन्तुष्ट पक्षहरुले सम्वादको बाटो अपनाउनु पर्ने ओलीको भनाई छ ।
 
भारतीय नाकाबन्दीले इन्धन अभाव मात्र नभएर दैनिक उपभोग्य बस्तु आयातमा समस्या भएको छ । मुलुकका सबै उद्योग, व्यवसाय र आयोजनाहरु बन्द छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ