- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । ब्राजिलियन फुटबल स्टार रोनाल्डिन्हो एक महिने जेल बसाइपछि रिहा भएका छन् ।
उनी नक्कली पासपोर्ट बोकेर अर्को देशमा छिर्ने प्रयास गरेको आरोपमा पाराग्वेको होटलबाट पक्राउ परेका थिए ।
उनीसंगै उनका दाइ रोबर्टो पनि संगै रहेका थिए ।
दाजुभाइलाई ६ महिनाको जेल सजाय सुनाइएको भए पनि ३२ दिनपछि छाडिएको हो ।
४० वर्षीय रोनाल्डिन्होले तारेखमा छुट्न १.३ मिलियन पाउन्ड तिर्न नसकेपछि जेल बस्नु परेको थियो । न्यायाधीश गुस्ताभो अमरिल्लाले मुद्दाको किनारा नलाग्दासम्म उनीहरुलाई एक होटेलमा बस्न सक्ने गरी रिहा गरिएको बताएका छन् ।
सन् २००६ मा ब्राजिलले विश्वकप जित्दा टिमका महत्वपूर्ण खेलाडी रहेका रोनाल्डिन्होले स्पेनिश क्लब बार्सिलोनामा रहँदा पनि व्यवसायी फुटबल राम्रो खेलेका थिए । जेलमा रहँदा पनि रोनाल्डिन्होले फुटबल खेलेका थिए । उनले आफ्नो टोलीलाई जिताएका थिए ।
रोनाल्डिन्होले आफ्नो पासपोर्ट नक्कली भएको बारे जानकारी समेत नभएको बताउँदै अब कहिल्यै पाराग्वे नआउने प्रतिक्रियासमेत दिएका थिए ।
सन् २०१५ देखि फुटबलबाट सन्यास लिएका उनले फुटसल भने खेल्दै आएका थिए ।