arrow

रोनाल्डोविना मैदान उत्रेको रियालले जाली चुम्न सकेन, हार्टको उत्कृष्ठ बचाउ

logo
प्रकाशित २०७३ वैशाख १५ बुधबार
Champions-League.jpg.jpeg
एजेन्सी । च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलका खेलहरु सुरु भएका छन् । मंगलबार राति भएको सेमिफाइनल पहिलो लेगको खेलमा इङ्गलिश क्लब म्यान्चेस्टर सिटी र स्पेनिश क्लब रियाल मड्रिडले गोल रहित बराबरी खेलेका छन् । सिटीको घरेलु मैदान इत्तिहादमा भएको खेलमा किपर जो हार्टले उत्कृष्ठ बचाउ गरेपछि खेल गोल रहित भयो । 
 
स्टार खेलाडी क्रिश्चियानो रोनाल्डो विना मैदान उत्रिएको रियालले गोल गर्ने थुप्रै अवसर गुमायो । धेरै पल्ट सिटीको पोष्टमा आक्रमण गरेपनि हार्टले उत्कृष्ठ बचाउ गरे । यी दुई टोलीबीचको दोस्रो लेगको खेल ४ मे अर्थात वैशाख २२ गते रियालको घरेलु मैदानमा हुनेछ ।  यस्तै, बुधबार राति हुने दोस्रो सेमिफाइनलमा स्पेनिश क्लब एथ्लेटिको मड्रिड र जर्मन क्लब बायर्न म्युनिख आमने–सामने हुँदै छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ