arrow

उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको छैन : गृह मन्त्रालय

logo
रासस,
प्रकाशित २०७६ चैत २७ बिहिबार
moha-release.jpg

काठमाडौं। काठमाडौं उपत्यकामा विभिन्न कारणले रोकिएका नागरिकलाई उपत्यका बाहिर पठाउने सम्बन्धमा कुनै पनि निर्णय नभएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले आज एक विज्ञप्ति जारी गरी काठमाडौँ उपत्यकामा अलपत्र परेका नागरिकलाई शुक्रबार र शनिबार काठमाडौँ उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको भनी केही सञ्चारमाध्यममा प्रसारित समाचारप्रति आपत्ति जनाउँदै कुनै निणर्य नभएको जनाएका छन्। 

लकडाउनमा काठमाडौँ बाहिर जान दिने भन्ने सत्य होइन : संयोजक पोखरेल
कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले शुक्रबार र शनिबार (यही चैत २८-२९ गते) काठमाडौँ प्रवेश गर्न नपाइने तर काठमाडौँबाट बाहिर जान खुला गर्ने कुनै पनि निर्णय नभएको जनाएको छ। समितिका संयोजक ईश्वर पोखरलले आज साँझ जारी गरेको प्रेस विज्ञप्तिमा सार्वजनिक भएका समाचारमा कुनै पनि सत्यता नभएको उल्लेख छ। “यस्तो गम्भीर परिस्थितिमा त्यस किसिमको निर्णय कसरी हुनसक्छ ? जेसुकै कारणले भए पनि सार्वजनिक गरिएको उक्त समाचारमा सत्यता नभएको जानकारी गराउँदछु”, विज्ञप्तिमा भनिएको छ।
    
विज्ञप्तिमा सार्वजनिक सञ्चारमाध्यम खास गरी सामाजिक सञ्जालमा आइरहेका सन्दर्भमा समितिको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै खुला गर्ने विषयमा किसिमको कुनै निर्णय नभएको र सङ्क्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गम्भीरताका साथ महसुस गरी लकडाउनलाई जारी राखिएको बताइएको छ। 

“प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा हालै गरेको सम्बोधनमा समेत यसको आवश्यकतालाई गम्भीररूपमा उठाइएको कुरा हामी सबैले सुनेका बुझेका छौँ”, विज्ञप्तिमा भनिएको छ, “यो कामलाई सरकारले मात्र नभएर आम नेपाली नागरिकले पनि त्यत्तिकै महत्वका साथ लिनुपर्ने आवश्यकता छ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ