arrow

सरकारको निर्णय उल्टाइप्रति डा चन्द्र भण्डारीको कटाक्ष 

logo
प्रकाशित २०७६ चैत २८ शुक्रबार
chandra-bhandari-congress.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारले गरेको कच्चा निर्णयप्रति कटाक्ष व्यक्त गरेका छन् । 

ओली सरकारका कच्चा खेलाडीहरुले बिहीबार गरेको निर्णयले पूर्ण अभ्यास नगरीकनै हठात् मनस्थितिमा भएको स्पष्ट भएको समेत डा भण्डारीले उल्लेख गरेका छन् । 

उनले मन्त्रिपरिषदका सदस्यहरु सामाजिक संजालमा रमाउँदै आएको संकेत समेत गरेका छन् । 

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनले काठमाडौं उपत्यकाभित्रै अड्किएर रहेका नेपालीलाई बाहिर जानका लागि शुक्रबार र शनिबारको समय दिइने निर्णय भएको भनी प्रधानमन्त्री कार्यालयको फेसबुक पेजमा राखिएको थियो । 

तर सरकारको चर्को आलोचना भएपछि केही समयपछि त्यसलाई अपडेट गर्दै कुनै निर्णय नभएको जानकारी गराइयो । यसले सरकार कत्तिको कमजोर छ भन्नेसमेत स्पष्ट पारेको छ । 

सामाजिक संजाल फेसबुकमा शुक्रबार बिहान सरकारको कमजोर निर्णयपछि उत्पन्न परिस्थितिबारे भण्डारीले प्रतिक्रिया लेखेका थिए । 

उनको प्रतिक्रिया यस्तो छ –
‘संसारनै आतंकित त्रसित भएको यस विषम परिस्थितिमा सबै राष्ट्रका आआफ्नै समस्या र सिमितता छन्। जनताको हितलाई केन्द्रमा राखी आफु ईमानदार भई निर्णय गर्ने सरकारको दायित्व हो । जनपक्षीय निर्मम निर्णय गर्दा कहिलेकाही आलोचित पनि भईन्छ तर निर्णय लिदा त्यस्को पूर्ण होमवर्क नगरि सामाजिक संजालमा रमाउनु हुदैन । आफ्ना तर कम्जोर ,लोभी , ईतिहास नपढेका र त्यागको अर्थ नबुझेका संग भर गरिनु हुदैन । सरकारमा भए जतिका मन्त्रीहरुका थरीथरीका बोलीले जनतामाझ भ्रम र अविश्वास सृजना गर्दछ। तसर्थ यस संकटको घडीमा चालिने हरेक कदमहरुमा पूर्ण सतर्कता अपनाईयोस भन्ने अनुरोध गर्न चाहान्छु।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ