arrow

कोरियनलाई लिन आउने प्लेनमा नेपालीहरुलाई ल्याउने वातावरण मिलाइदिन आग्रह

logo
प्रकाशित २०७६ चैत २८ शुक्रबार
korean-air-plane.jpg.jpeg

काठमाडौं। कोरोनाको विश्वव्यापी महामारी फैलिदा संसारभरको प्राय सबै देशले अन्य देशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउदै आएका छन्। नेपालले पनि विभिन्न देशबाट नेपालीहरुको उद्धार गरेको छ।  

बिभिन्न देशले पनि नेपालबाट आफ्ना नागरिक उद्धार गरेको छ भने अहिले पनि उद्धारको क्रम जारी छ। पछिल्लो समय दक्षिण कोरियाले नेपालबाट आफ्ना नागरिक लैजाने तयारी गरेको छ। सम्भवत शुक्रवार कोरियाले आफ्ना नागरिक लैजानका लागि कोरियन एयरलाइन्सलाई नेपाल फठाउँदैछ।  

नेपालमा रहेका कोरियनहरुलाई लिन कोरियाबाट जहाज जान थालेको थाहा पाएपछि त्यहाँ रहेका नेपालीहरुले पनि नेपाल सरकारलाई उद्धारका लागि आग्रह गरेका छन्।  

कोरियाबाट नेपाल फर्कन चाहनेहरु र भीसाको म्याद सकिएका नेपालीहरुलाई त्यसमा ल्याउने वातावरण मिलाइदिन उनीहरुले आग्रह गरेका हुन्। यसमा भीसाको म्याद सकिएका नेपालीहरु बढी छन्।  

अप्रिलको अन्तिमसम्म म्याद सकिने करिव ३ सय नेपाली अहिले नेपाल आउने पर्खाईमा छन्। तर नियमित उडान नहुँदा उनीहरु उतै बस्न वाध्य छन्। नेपाल सरकारले पनि नेपालको अन्तराष्ट्रिय सबै उडान बैशाखको आधासम्म स्थगित गरेको छ।  

कोरियाबाट फर्कन चाहेका नेपालीहरुसँग सम्पर्कमा रहेका उमेश कायस्थले हाम्राकुरासँग भने,  ‘कोरियन एयरलाइन्स खाली नेपाल जानुभन्दा त्यसमा हामी नेपाल जान सक्थ्यौ भन्ने साथीहरुको कुरा छ।’ कोरियामा रहेको नेपाली दुतावास र नेपाल सरकारले यसमा चासो मात्र राख्ने हो भने नेपाल जान चाहेका र भीसा सकिएका धेरै नेपालीको उद्धार हुने कायस्थले बताए।  

नेपालस्थित कोरियन दुतावासले आफ्ना नागरिकको उद्धारका लागि जहाज आउन लागेको पुष्टी गरेको छ। तर सो जहाजमा नेपालीहरु ल्याउने बारेमा नेपाल सरकारले केहि नभनी आफूहरुले ल्याउन नसक्ने जनाएको छ।  

नेपाल फर्कन चाहेनहरुले सरकारलाई कुनै भार नपार्ने बताएका छन्। उनीहरुले कोरियन एयरलाइन्सको टीकट खर्च आफैले व्यहोर्ने बताएका छन्। नेपाल गएपछि सरकारले राख्ने क्वारेन्टाइन बस्न समेत राजी भएका उनीहरुले सरकारले पहल गरेर नेपाल जान लागेको कोरियन एयरलाई आफूहरुलाई लैजाने प्रबन्ध मिलाउन आग्रह गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ