arrow

प्रदेश ५ : कोरोना नियन्त्रण कोषमा लक्ष्यभन्दा वढी रकम संकलन

logo
नारायण वली,
प्रकाशित २०७६ चैत २८ शुक्रबार
cheque1.jpg

रुपन्देही । प्रदेश नं.५ सरकारले स्थापना गरेको (कोभिड–१९) नियन्त्रण तथा उपचार कोषमा ११ करोड ७५ लाख रुपैयाँ संकलन भएको पाईएको छ । प्रदेश सरकारले उक्त कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने लक्ष्य अनुसार यसअघि विभिन्न संघसंस्था र व्यक्तिहरुलाई कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो ।

प्रदेश कोष लेखा नियन्त्रक कार्यालय बुटवलले दिएको जानकारी अनुसार विहिवार (हिजो) सम्म ११ करोड ७५ लाख ८४ हजार ९ सय १७ रुपैयाँ कोषमा जम्मा भएको वताएको छ । निजी क्षेत्रका वित्तीय संस्था, उद्योगी व्यवसायी, विभिन्न सहकारी, व्यक्ति एवं सरकारी कर्मचारीले समेत कोषमा रकम जम्मा गरेको पाईएको हो । यस्तै निजी क्षेत्रबाट भाटभटेनी सुपरमार्केट र शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकले २५÷२५ लाख रुपैयाँ सो कोषमा सहयोग प्रदान गरेका छन् ।

यस्तै, प्रदेश– ५ प्रदेशसभा सचिवालयले २३ लाख ३० हजार रुपैयाँ जम्मा गरेको छ । यसमा प्रदेशसभाका सांसदहरुले आफ्नो १५ दिन वरावरको तलव र कर्मचारीहरुले सोही अनुरुप सहयोग गरेका छन् । यसैगरी, तिनाउ मिशन डेभलपमेन्ट बैंक बुटवल, सिद्धार्थ बैंक, कुमारी बैंक र लक्ष्मी बैंकले पनि १०÷१० लाख, सिटिजन्स बैंकले ७ लाख, कृषि विकास बैंक, गरिमा बैंक, मेगा बैंक र माछापुच्छ्रे बैंकले ५÷५ लाख, गण्डकी विकास बैंक र निर्धन उत्थान बैंकले चार÷चार लाख रुपैयाँ उक्त कोषमा सहयोग रकम जम्मा गरेको प्रदेश कोष लेखा नियन्त्रक कार्यालय बुटवलले
जनाएको छ ।

यसैगरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ३ लाख ९६ हजार, क्रिमसन कलेजले २ लाख ५५ हजार, नेपाल उद्योग वाणिज्य महासंघले २ लाख ५१ हजार, लुम्बिनी आई इन्स्टिच्युटले २ लाख २२ हजार, सामूहिक बचत तथा ऋण सहकारी संस्थाले २ लाख, नेपाल–भारत मैत्री समाजले २ लाख, लक्ष्मी लघुवित्त सहकारीले २ लाख, कैलाश विकास बैंकले १ लाख १ हजार, रोटरी क्लब अफ तिनाउ बुटवलले ६० हजार, लीलामणि पौडेलले ५० हजार र कृष्ण बहादुर केसीले ४० हजार ५ सय रुपैयाँ सहयोग स्वरुप राहत कोष जम्मा गरेका छन् ।

प्रदेश नं. ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले पनि आफ्नो एक महिनाको पारिश्रमिक जम्मा गरेका छन् । विहिवार (हिजो) बुटवलका एक समाजसेवी शेर बहादुर गुरुङले १ लाख रुपैयाँ मुख्यमन्त्री शंकर पोख्रेललाई प्रदान गरेका छन् । पछिल्लो समय उक्त कोषमा विभिन्न सहकारीहरुले रकम जम्मा गर्ने क्रम जारी रहेको छ ।

प्रदेश–५ प्रदेश सरकारले कोरोना नियन्त्रण तथा उपचारका लागि आवश्यक खर्च गर्ने भन्दै स्थापना गरेको कोषमा रुपन्देहीका विभिन्न संघसंस्थाहरुको सञ्जालले ३० लाख बढी सङ्कलन गरेर प्रदेश सरकारले स्थापना गरेको कोरोना विशेष अस्थायी अस्पताललाई आवश्यक उपकरण खरिद गरी हस्तान्तरण गर्ने वताईएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ