arrow

युगान्डाले सन् २०१८ सम्म तेल उत्पादन सुरु गर्ने

logo
प्रकाशित २०७३ वैशाख १५ बुधबार
barrels-of-oil-in-kenya.jpg.jpeg
कम्पाला (युगान्डा) । तान्जानिया र टङ्गा बन्दरगाहमा पाइप विछ्याउने सम्झौतापश्चात युगान्डाले कच्चा तेलको उत्पादन सन् २०१८ सम्ममा सुरु गर्नेमा युगान्डाका अधिकारीले आफूहरु विश्वस्त भएको बताएका छन् । युगान्डाका ऊर्जा मन्त्रालयका प्रवक्ता बुकेन्यामाटोभुले पाइप लाइन विछ्याउने सम्बन्धमा महिनौँ लामो अन्यौलपछि मङ्गलबार तान्जानियासँग सम्झौता भएको बताउँदै युगान्डाले अबको दुई वर्षभित्र कच्चा तेल उत्पादन गर्न सुरु गर्ने बताए । 
 
केन्याका राष्ट्रपतिसहितका क्षेत्रीय नेताहरुको यसहप्ता भएको छलफलपछि सम्झौता गर्न सहमति गरेपछि भूपरिवेष्ठित युगान्डाका लागि कच्चा तेल उत्पादन गर्ने सहमति मिलेको हो । युगान्डाका लागि लामु बन्दरगाह तेल आपूर्तिका लागि एउटा मात्र विकल्प थियो । 
 
युगान्डामा तेल उत्पादनमा लगानी गरेको फ्रान्सेली तेल कम्पनी टोटलले पाइप लाइन विछ्याउने निर्णय युडान्डाको विकास र उत्पादन स्रोतमा एउटा मुख्य तथा महत्वपूर्ण कदम भएको बताएको छ । युगान्डा र कङ्गोको सिमानामा पर्ने युगान्डेली ताल (लेक अलवर्ट) मा करिब छ अर्ब ब्यारेलको कच्चा तेल भण्डारण रहेको अध्ययनबाट थाहा हुनआएको बताइएको छ । एपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ