arrow

त्रिविद्वारा अर्को सूचना प्रकाशित नहुञ्जेलसम्म परीक्षा स्थगित

logo
रासस,
प्रकाशित २०७६ चैत २८ शुक्रबार
tu-university-1.jpg

काठमाडौं। त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिले आगामी वैशाख र जेठ महिनामा सञ्चालन हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। 

बिहीबार भएको समितिको बैठकले कोरोना (कोभिड–१९)को कारणले परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली र सेमेष्टर प्रणाली परीक्षा अर्को सूचना प्रकाशित नगरेसम्म स्थगित गर्ने निर्णय गरेको समितिका सदस्य सचिव तथा पनिकाका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । त्रिविले कोभिड–१९ को कारणले यसअघि चैतमा हुने परीक्षा स्थगित गरेको थियो । 

वैशाख र जेठमा सञ्चालन गरिने परीक्षामा विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन सङ्काय र शिक्षा शास्त्र सङ्कायतर्फका चार वर्षे क्रमशः वीएस्सी, बिबिएस र बीएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षा तथा पोष्ट ग्राजुएट डिप्लोमा इन काउन्सीलिङ साइकोलोजी, स्कूल साइकोलोजी र पोष्ट ग्राजुएट इनउमन स्टडिजका पूरा तथा आंशिक परीक्षा रहेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ