arrow

बिदेशमा रहेका नेपालीहरु बारे कांग्रेस गंभिर र संवेदनशील

logo
प्रकाशित २०७६ चैत २८ शुक्रबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं। संसारभरि नै कोभिड १९ को विरामी तथा मृतकहरुको संख्या दिनानुदिन बढिरहेको अवस्थालाई मध्यनजर गर्दै नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराईले हिजो चैत्र २७ गते राति नेपाली कांग्रेससँग आवद्ध विदेश स्थित नेपाली जनसम्पर्क समितिका अध्यक्ष-संयोजकहरुसँग भिडियो कन्फ्रेन्स गरेका थिए । उक्त कन्फ्रेन्समा २६ देशका जनसम्पर्क समितिका अध्यक्ष-संयोजकहरुले भाग लिनु भएको थियो ।

संसारभरि नै छरिएर रहेका नेपालीमा कोरोना महामारीबाट श्रृजित विभिन्न समस्या र तीनका समाधानको बारेमा कन्फ्रेन्समा छलफल भएको थियो । विभागका प्रमुख भट्टराईले विदेशमा रहेका नेपालीहरुको समस्याका सम्बन्धमा नेपाली कांग्रेस गम्भिर र संवेदनशील रहेको बताएका थिए । बिदेशमा रहेका नेपालीलाई सचेत गराउँदै विविध ढंगले नेपाली जनसम्पर्क समितिहरुले सहयोग गरिरहेको भूमिका प्रशंसनीय रहेको छ र यो जटिल परिस्थितिमा सम्पूर्ण साथीहरु एकतावद्ध भएर काम गर्न समेत उनले आग्रह गरेका थिए ।

जनसम्पर्क समितिका अध्यक्षहरुले आआफ्नो देशमा भएका समस्याका बारेमा अवगत गराएका थिए । साथै, यो छलफल अत्यन्त महत्वपूर्ण भएकोले विभागले यसलाई निरन्तरता दिनु पर्ने जनसम्पर्क समितिका अध्यक्षहरुले सुझाव दिएका थिए ।

उक्त कन्फ्रेन्समा सहभागी हुनु भएका नेपाली जनसम्पर्क समितिका अध्यक्ष एवं संयोजकहरुमा– आनन्द (गोरख) विष्ट (अमेरिका), पदम सुन्दर गुरुङ्ग (वहराइन), सीता सापकोटा (बेल्जियम), लेखबहादुर गुरुङ्ग (मकाउ), कृष्ण गिरी (अष्टेलिया), वुद्धिप्रकाश ओली (क्यानडा), वीरेन्द्रसिंह कार्की (डेनमार्क), भुवानीप्रसाद तिमिल्सीना (युएई), आस्था विन्दु मल्ल (दक्षिण कोरिया), जितेन्द्र शाही (नर्वे), सुधीर राना (फ्रान्स), श्याम सापकोटा (स्वीजरलैण्ड), शंकर न्यौपाने (कार्यवाहक, कतार), शिखर खड्का (जर्मनी), इन्द्र शर्मा (स्पेन), सालिक चापागाई (कार्यवाहक, ओमान), खगेश्वर अधिकारी (इजरायल), चोलाकान्त पंगेनी (मलेसिया), राजेन्द्र विरही (कुवेत), सीता अर्याल (साइप्रस), विनोद घिमिरे (पोर्चुगल), प्रेम गुरुङ्ग (नेदरलैण्ड), रोशन के.सी. (जापान) लगायतका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ