arrow

राखेप सदस्यसचिवलाई पदस्थापना गर्ने अन्तरिम आदेश कायमै

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1571953460.jpeg
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टको पदस्थापनको विषयमा यसअघि जारी अन्तरिम आदेशलाई कायमै राखेको छ ।  
न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले सो आदेश दिएको हो । 
 
अदालतले अन्तरिम आदेशलाई निरन्तरता प्रदान गर्दै विष्टलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको निर्देशनसम्बन्धी सक्कल फाइल अदालतमा पेश गर्न अख्तियारलाई भनेको छ । 
 
अख्तियारले गत भदौ २५ गते विष्टलाई सदस्य सचिवबाट हटाउन सरकारलाई निर्देशन दिएको थियो । यद्यपि, अख्तियारको निर्देशन चित्त नबुझेपछि विष्टले आफूमाथि अन्याय भएको भन्दै असोज १८ गते सर्वोच्चमा रिट दर्ता गरेका थिए ।  
 
यस्तै, यसअघि कात्तिक १३ गते प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले अख्तियारको आदेश तत्काल कार्यान्वयन नगर्न पहिलो अन्तरिम आदेश दिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ