arrow

कोरोनाबाट ट्रम्पलाई धनी बनाउन सिकाउने साथीको गयो ज्यान 

logo
प्रकाशित २०७६ चैत ३० आइतबार
stanley-chera-usa-trump-fri.jpg

काठमाडौं । कोरोना भाइरसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका साथी  स्टानली चेराको ज्यान गएको छ । 

ट्रम्पलाई सफल व्यापारी बनाउन सघाउने ७८ वर्षीय चेराको शनिबार मृत्यु भएको हो । उनको मृत्युको पुष्टि दि रियल डिल डट कमले गरेको हो । चेरा रियल स्टेट व्यवसायी हुन् ।

ट्रम्पले यसअघि चेरालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएका थिए । चेराको न्यूयोर्ककै अस्पतालमा उपचार भइरहेको थियो ।

चेरा शहरमा कोरोना फैलिएपछि मार्चको सुरुआती दिनमा न्यूजर्सी गएका थिए । त्यहींबाटै उनलाई कोरोना सर्यो वा अन्त कतैबाट भन्ने पुष्टि भएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ