arrow

गौमुलमा बाघ आतंक : १९ भेडा मारेको दोस्रो दिन ९ भेडामाथि आक्रमण

logo
दयाराम पण्डित,
प्रकाशित २०७६ चैत ३० आइतबार
veda.jpg

बाजुरा । बाजुराको गौमुल गाउँपालिकामा बाघको आतंक बढेको छ । गाउँपालिकाको अन्द्रडी र पौदालीमा लगातार बाघले दुख दिइरहेको छ। यसअघि गाउँपालिकाको–१ अन्द्राडीमा बाघको आक्रमणबाट १९ भेडा मारिएको दोस्रो दिन फेरि वडा नम्बर २ को पौदालीमा शनिबार बाघको आक्रमणबाट करिब ९ भेडा मारिएका छन् ।  

शनिवार मध्यराति १२ बजेतिर गाउँ नजिकैको गोठ छानामा हुलेका भेडालाई बाघले आक्रमण गरी मारेको अवस्थामा फेला परेको स्थानीयले बताएका छन् । 

विहिबार बाघको आक्रमणबाट स्थानीय काँशी बोहराका ८ वटा, हिमाल रोकायाका ७ वटा, शिव रोकायाका २ वटा र माता रोकायाका २ वटा गरी १९ भेडा बाघले मारेको स्थानीय हंस रोकायाले जानकारी दिएका छन् ।

गोठ छानामा हुलेर राखेको भेडाहरुलाई गएराति बाघले आक्रमण गर्दा करिव २ लाख रुपैंया बढीको नोक्सान भएको छ । स्थानीयको आयस्रोतको रुपमा रहेको भेडा व्यवसाय पछिल्लो समय संकटमा परेका छ ।

यता गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले पिडितहरुलाई गाउँपालिकाबाट आवश्यक राहतको व्यवस्था गर्ने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ