arrow

गौरिका सिंहले दुई साता क्वारेन्टाइनमा बिताइन्, कोरोना संक्रमित बाबु पारसलाई भयो निको 

logo
प्रकाशित २०७७ वैशाख २ मंगलबार
gaurika-singh-swimmer.jpg

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद सागमा नेपाललाई चार स्वर्ण र दुई रजत पदक दिलाएर कीर्तिमान रचेकी पौडीबाज गौरिका सिंहले दुई साता लामो क्वारेन्टाइन बसाई सकाएको जानकारी दिएकी छिन् । 

सामाजिक संजाल फेसबुकमा सोमबार नयाँ वर्षमात्र नभई आफ्नो क्वारेन्टाइन बसाई सकेको दिनसमेत भएको भन्दै नयाँ वर्षको शुभकामना दिएकी छिन् । 

उनले दुई हप्ते बसाई भने डरलाग्दो भएको खुलाएकी छिन् । उनका चिकित्सक बुबा पारस सिंहलाई कोरोना भाइरसको संक्रमण भएपछि घरमा त्रास फैलिएको थियो । 

तर उनका बााबु कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । उनलाई पूर्णरुपमा निको भएको पनि गौरिकाले बताएकी छिन् । 

उनले आफ्नो ड्याडलाई निको भए पनि अन्य थुप्रै आफ्ना ड्याडजस्तो भाग्यमानी नभएको पनि बताएकी छिन् । 

गौरिकाले सबैलाई सुरक्षित साथ रहन पनि आग्रह गरेकी छिन् । उनले घातक कोरोना भाइरसबाट बच्नका लागि घरभित्रै रहनु पर्ने भन्दै आफू र अरुलाई पनि सुरक्षित राख्नुपर्ने बताएकी छिन् ।

गौरिका परिवारसहित बेलायतमा रहँदै आएकी छिन् । बेलायतमा मंगलबार बिहानसम्म ८८ हजार ६२१ जना कोरोना संक्रमित छन् । 

तीमध्ये ११ हजार ३२९ जनाको ज्यान गइसकेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन पनि कोरोना संक्रमित हुन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ