arrow

यु–१४ फुटबल : भारतसँग नेपालले खायो ९ गोल

logo
प्रकाशित २०७३ वैशाख १५ बुधबार
Nepal-VS-India-women-football.jpg.jpeg
काठमाडौँ । एएफसी चौध वर्षमुनि (यु–१४) को छात्रा रिजनल फुटबल च्याम्पियनसिपअन्तर्गत आज भएको आफ्नो पहिलो खेलमा नेपाल भारी अन्तरले पराजित भएको छ । 
 
ताजकिस्तानको एभिएटर स्टेडियममा भर्खरै सम्पन्न खेलमा नेपाल–भारत ९–० को भारी अन्तरले पराजित भएको हो । एकतर्फीय खेलमा भारतले खेल सुरु भएको पहिलो मिनेटमै अग्रता लिएको थियो । त्ससपछि नरोकिएको भारतले खेलको ११ औँ मिनेटमा दोस्रो गोल गर्‍यो भने पुनः १३ औँ मिनेटमा अर्को गोल थप्यो । नेपालकी सरिता न्यौपानेले १८ औँ मिनेटमा आत्मघाती गोल गरेपछि नेपाल झन् निरास हुन पुग्यो । 
 
त्यस्तै, खेलको ३० औँ, ३९ औँ, ४४ औँ र ४५औँ मिनेटमा भारतले लगातार गोल गरेपछि थप निरास बनेर त्यसपछि सम्हालिन नसकेको नेपालले ६५ औँ मिनेटमा नवौँ गोल खायो । 
 
प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल शनिबार बङ्गलादेशसँग खेल्नेछ । विभिन्न सात राष्ट्रले भाग लिएको उक्त प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ, जसमा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारत र बङ्गलादेश छन् । त्यसैगरी, समूह ‘ए’ मा भने आयोजक ताजकिस्तानसहित किर्गिस्तान, भुटान र इरान छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ