arrow

फिलिपिन्स यात्रा : वादोरियोमा नेपाललाई तीन पदक

logo
प्रकाशित २०७३ वैशाख १५ बुधबार
karate-new,,.jpg.jpeg
काठमाडौं । फिलिपिन्सको सान्तोरोसामा भएको तेश्रो निसिमुरा कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालले ३ तीन पदक जितेको छ । नेपालले १ रजत र २ कांस्यसहित ३ पदक जितेको नेपाल वादोरियो कराते डो संघले जनाएको छ । पुरुष खुल्ला तौलसमूहमा सिमोन खत्रीले नेपाललाई रजत दिलाए । पुरुषकै ४५–५० केजीमा विकबहादुर थामी र ५०–५५ केजीमा मोहन तामाङले कांस्य जिते ।
 
खेलाडीसहित टोली नेता नेपाल कराते महासंघका महासचिव एवं वादोरियोका प्रमुख प्रशिक्षक हरिशरण केसी तथा अफिसियल बुनु तामाङ मंगलबार अबेर राती स्वदेश फर्किएका छन् । प्रतियोगिता अप्रिल २३ देखि २४ तारिखसम्म भएको थियो । त्यसअघि सिमोन र खत्रीले अप्रिल २२ मा भएको तालिममा पनि सहभागिता जनाएको बताइएको छ ।
 
टोलीलाई काठमाडौं जिल्ला वादोरियो कराते डो संघ र नेपाल वादोरियो कराते ब्ल्याक वेल्ट कमिटीले एक कार्यक्रमबीच बुधबार स्वागत गर्‍याे । सिमोन भने फिलिपिन्सबाटै जर्मनीको एकर्नफोर्डमा प्रस्थान गरेका छन् । उनी अप्रिल ३० तारिखमा हुने वादो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन त्यसतर्फ गएका हुन् । सिमोन बुधबार एकर्नफोर्ड पुगिसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ