arrow

बलात्कारका फरार अभियुक्त पक्राउ

logo
रासस,
प्रकाशित २०७७ वैशाख २ मंगलबार
pakrau-jail.jpg

दाङ। बलात्कार गरी फरार भएका अभियुक्तलाई  प्रहरीले आज पक्राउ गरेको छ। बालिकालाई बलात्कार गरेको आरोपमा सात महिनादेखि फरार अभियुक्तलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा २५ वर्षीय थम्मनबहादुर कुँवर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले दिए। गत भदौ २४ गते बालिकालाई बलात्कार गरी फरार रहेका युवकलाई चैत २९ गते पक्राउ गरी आवश्यक  कारवाहीका लागि प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। कुँवरमाथि हाडनाता करणी र जबर्जस्ती करणीसम्बन्धी मुद्दा चलाइएको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ