arrow

कोरोना नियन्त्रण गर्न नसकेको भन्दै डब्लुएचओसंग रिसाए ट्रम्प, सहयोग रोक्का

logo
प्रकाशित २०७७ वैशाख ३ बुधबार
trump-who.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विश्व स्वास्थ्य संगठन डब्लुएचओसंग रिसाएका छन् । उनले कोरोना भाइरस नियन्त्रण गर्न नसकेको भन्दै आक्रोश पोखेका हुन् । 

ट्रम्पले डब्लुएचओलाई दिँदै आएको सहयोग रकम रोक्न पनि निर्देशन दिएका छन् । डब्लुएचओले आफ्नो आधारभूत कर्तत्वयमा असफल भएको भन्दै ट्रम्पले उक्त आर्थिक सहयोग रोक्न निर्देशन दिएका हुन् । 

ट्रम्पले संयुक्त राष्ट्रसंघको एक बडी भएर पनि डब्लुएचओले चीनबाट फैलिएको भाइरसको उचित व्यवस्थान नगरेको र चीनको इशारामाकथित व्यवस्थापन र कभरेज गरेको आरोप लगाउँदै यसको जवाफदेही हुन भनेका हुन् । 

ट्रम्प आफै पनि अमेरिकामा फैलिएको संक्रमणप्रति आलोचित भएका छन् । 

अहिलेसम्म सबैभन्दा बढी कोरोना प्रभावित अमेरिका नै छ । अमेरिकामा ६ लाख १३ हजार ८८६ जना संक्रमित हुँदा २६ हजार ४७ जनाको ज्यान गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ