arrow

मण्डनदेउपुरको गुनासोः कसैमा कोरोना नभएको जनाऊ

logo
प्रकाशित २०७७ वैशाख ३ बुधबार
93435464_2520803474841206_3.jpg

काठमाडौं । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले आफ्नो नगरपालिकाभित्र कोही पनि कोरोना भाइरस संक्रमित नभएको बताएको छ । 

नगरपालिकाभित्र विदेशबाट आएका व्यक्तिहरुमध्ये मंगलबार १७ जनाको र्यान्डम टेष्ट आरडीटी गरिएकामा एक जनाको परीक्षण रिपोर्ट स्पष्ट नभएकाले पुनः परीक्षणका लागि धुलिखेल अस्पताल पठाएको नगरपालिकाका प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले जारी गरेको पत्रमा उल्लेख छ । 

उनले केही संचारमाध्यम एवं सामाजिक संजालमा पोजेटिभ रिपोर्ट आएको भनी विना आधार समाचार प्रकाशन भएको भन्दै नगरपालिकाको ध्यानाकर्षण भएको जनाएका छन् । 

कुनै आतंकित पार्ने समाचार प्रकाशन नगर्न पनि उनले अनुरोध गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ