arrow

पाँचथरमा पेट्रोलियम पदार्थ अभावले अत्यावस्यक सवारी पनि चल्न सकेनन्

logo
प्रकाशित २०७७ वैशाख ३ बुधबार
petrol.jpg.jpeg

पाँचथर। लकडाउनको कारण आपूर्ति सहज नहुँदा पूर्वी पहाडि जिल्ला पाँचथरमा पेट्रोलियम पदार्थको अभाव भएको छ ।

पेट्रोलियम पदार्थको समस्या भएपछि अत्यावश्कीय कामका लागि प्रयोग हुने सवारी साधानहरु समेत संचालनमा आउन नसक्दा सेवाग्राही मर्कोमा परेका छन् ।

नेपाल आयल निगमको प्रदेश कार्यालय विराटनगरले इन्धन उपलब्ध नगराएको तथा लकडाउनका कारण ट्ंयाकर चालकहरुले भारत बाट पेट्रोलियम पदार्थ ल्याउन नसकेपछि एक साता यता पेट्रोलियम पदार्थको अभाव भएको पेट्रोल पम्प संचालकहरु बताउँछन् ।

पूर्वी पहाडि जिल्ला पाँचथर जिल्लामा पेट्रोलियम पदार्थको अभाव देखिएको हो ।

पेट्रोलियम पदार्थको मूल्य घटेको तथा लुकाएर मूल्य वढाएर कालोबजारीमा विक्री गर्नको निम्ति पेट्रोलियम पदार्थ लुकाएको पेट्रोल पम्प संचालकहरु बताउँछन् ।

परिस्थिति सहज नहुनजेल पेट्रोलियम पदार्थ सहज आपूर्ति गर्न नसक्ने पम्प संचालक टोलेन्द्र तामाङ बताउँछन ।

यता यस विषयमा प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा भने पेट्रोल पम्प संचालकहरुलाई छलफलमा बोलाएर पेट्रोलियम पदार्थ ढुवानी सहज गर्ने वातावरण बनाउने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ