arrow

मुगुका मनकारी व्यापारीले गरे दुई लाख बढीको सहयोग

logo
प्रकाशित २०७७ वैशाख ३ बुधबार
lokraj-dahal-mugu.jpg

मुगु। प्राय सर्वसाधरणमा मानस पटलमा व्यापारीहरु मौकामा चौका हान्छन भन्ने धारणाले गहिरो छाप बसालेको छ नहोस् पनि कसरी नेपालको सन्दर्भमा देश तथा जनतालाई विभिन्न खाले संकट पर्दा केहि व्यापारीहरुले कालो बजारी गर्ने,सामान अभाव सृजना गरि मृल्य बढाउने,अरु जे सुकै होस आफनो मुनाफा चौगुणा कसरी हुन्छ त्यहि तर्फ ध्यान दिने गर्नाले मारमा परेका जनताको मन मष्तिक्समा नबसोस पनि कसरी ?

तर सबै व्यापारीहरु त्यस्तो सोच व्यवहारका छैनन् । विश्व लगायत नेपाल सहित कोरोना भाईरस (कोभिड १९ ले) आक्रान्त भएका बेला विपतका परेका सर्वसाधारण श्रमिक,मजदुर,गरिव,विपन्नलाई सहयोग पुगोस भनेर देशका दर्जनौ व्यापारीहरुले संघिय,प्रदेश र स्थानिय सरकारहरुलाई आर्थिक,भौतिक तथा अन्य खालका सहयोग पनि गदै आएका छन ।

त्यस्तै मनकारी व्यापारी मध्यका एक हुन लोकराज दाहाल, उनी विकट मुगु जिल्लाका स्थानिय सामान्य व्यापारी हुन तर उनको मन ठुलै छ । उनी जिल्लामा हुने विपत लगायत सामाजिक क्षेत्रमा आफनो व्यापारबाट केहि छुटाएर सधै सहयोग गर्छन,आगलागी,बाढीपहिरो,सडक विगे्रमा उनी आफै सहयोग तथा खर्च गर्न तम्सन्छन । यो विपतीको बेला पनि उनी स्थानिय सरकार मार्फत लकडाउनले गर्दा काम गर्न नपाएर भोक भोकै बस्नु परेका विपन्न,गरिव,वेरोजगार परिवारलाई राहत पुगोस भनेर खाद्यान्न सहयोग गरिरहेका छन् ।

मुगु जिल्लामा रहेका ४ वटा स्थानिय सरकार मार्फत विपन्न,गरिव,वेरोजगार परिवारलाई सहयोग पुगोस भनेर सोमबार नेपालीहरुको नयाँ बर्षको अवसर पारेर खत्याड गाँउपालिकाबाट सहयोग गर्न उनले शुरु गरेका छन् ।

गाउँपालिका अध्यक्ष उवजंग शाहीलाई १४८ बोरा चामल र ३७ काटुन(७४०पाकेट) तेल सहयोग हस्तान्तरण गर्नु भएको हो । गाँउपालिकाले पहिचान गरेका ७३३ विपन्न परिवारलाई राहत स्वरुप गाँउपालिकाले देओस भनेर २ लाख ६८ हजार २८४ मुल्य बराबरको खाद्यन्न तथा तेल सहयोग गरेको व्यापारी दाहालले बताए ।

अन्य स्थानिय सरकारहरुलाई पनि पहिचान गरेका विपन्न परिवारलाई पालिका मार्फत नै  आफनो क्षमता  अनुसार सहयोग गर्ने उनले बताए। व्यापारी मान्छे भएर पटक पटक विभिन्न क्षेत्रमा किन सहयोग गर्नुहून्छ भनी प्रश्न गर्दा उनले जनता भएर नै आफनो व्यवसाय चलेर यहाँसम्म पुगेकोले जनता(ग्राहक)रहे आफनो व्यवसाय चल्ने र जनता नभएर आफनो व्यवसायको काम नभएकाले आफना लागी देउता नै जनता भएकाले उहाँहरुको दुख्ख सुख्खमा आफुले सहयोग भन्दा साथ दिदै आएको बताए ।

स्थानिय सरकारहरु आत्मनिर्भर र परिपक्क समेत नभएकाले सबै तह र तप्काबाट स्थानिय सरकालाई सहयोग र साथ चाहिने र एउटै स्थानिय सरकारले चाहेर मात्र सपना पुरा नहुने भएकाले विकास तथा स्थानिय तहको प्रगतीका निजी,सरकारी तथा सहकारी क्षेत्रको साझेदारी आवश्यक रहेको गाउँपालिकाले बताएको छ ।

दाहाल जस्तै व्यापारी लगायत अन्य क्षेत्रका व्यक्तिहरुले पनि देशलाई समस्या पर्दा आफनो लगानी सरकारलाई गरि दिए सरकारले जनतालाई पाल्न बैदेशिक सहयोगका लागी हात फिजाउनु पर्ने थिएन भने राहतका नाममा खर्च हुने सरकारी बजेटमा समेत कमी आउथ्यो ।

दाहाल यि नै व्यापारी हुन जसले गत बर्ष खत्याड गाँउपालिका जोडने जोठिजिउला–कालाकाडाँ–गम्था सडक हिमपातले ४ महिना बन्ध हुदा पनि कोहि निकायले सडक खोल्न पहल नगरेपछि व्यापारी मान्छे सडक खोल्न नेता देखि हाकिम र संचारकर्मीहरुसंग गुहार्न पुगेका थिए भने त्यो बेला लामो समयसम्म बाटो बन्ध हुदा खत्याड गाँउपालिकामा दैनिक उपभोग्य वस्तु सहित विकास निमार्णका काम प्रभावित भएका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ