arrow

जापनिज इन्सेप्लाइटिस खोप अभियान रोल्पामा पनि

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ वैशाख १६ बिहिबार
Rolpa-hamrakura.jpg.jpeg
रोल्पा। यही बैशाख २६ गतेबाट देशका विभिन्न ४७ वटा जिल्लामा संचालन हुन लागेको जापनिज इन्सेप्लाइटिस् खोप अभियान रोल्पा जिल्लामा पनि संचालन हुन लागेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जनाको छ । जस अनतर्गत १ वर्षदेखि  ५ वर्ष मुनिका सबै बालबालिकाहरुलाई खोप दिइने नेपाल सरकारको लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख डा. उमाशंकरप्रसाद चौधरीले जानकारी दिए ।
 
२ चरणमा संचालन हुन लागेको खोप अभियान पहिलो चरणमा बैशाख २६ गतेदेखि जेठ ३ गते सम्म जिल्लाका २२ गाविसमा र दोश्रो चरणमा जेठ ३ गतेदेखि  १३ गते सम्म २९ गाविसमा संचालन हुने भएको छ। यो अभियान सफल बनाउनका लागि ७ सय जना स्वास्थ्य कर्मी र ७ सय जना स्वयंसेविका गरी १४ सय जना परिचालन गरिने छ  भने ४ सय ५९ वटा खोप केन्द्रहरुबाट सेवा दिइने बताइएको छ।
 
यो खोप रोल्पा जिल्लाका  ६४ हजार ८ सय ९३ जना १५ वर्ष मुनिका बालबालिकाले लिने लक्ष्य राखिएको डा. चौधरीले बताए । डा. चौधरीका अनुसार जिल्ला स्तरमा ब्यापक रुपमा प्रचार प्रसार र सामाजिक परिचालन गरिने छ  भने सबैको जानकारीका लागि  स्वास्थ्य स्वयं सेविका मार्फत हरेक घरघरमा निम्तो कार्ड पठाइने छ ।
 
जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको आयोजनामा विहिबार सम्पन्न पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रममा डा. चौधरीले सो कुराको जानकारी गराए । कार्यक्रममा बोल्दै डा. सन्तोष सेर्पाइलीले जापनिज इन्सेप्लाइटिस मष्तिष्कमा लाग्ने गम्भीर प्रकारको रोग भएको बताए । उनका अनुसार यो रोग नेपालका १५ वर्ष मुनिका ८५ प्रतिशत बच्चामा देखिएको तथ्यांक छ। यो रोग फ्लाभी भाइरसको संक्रमणबाट हुन्छ र क्यूलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्छ।
 
डा. सेपाइलीका अनुसार यो रोग लाग्दा सुरुमा सामान्य रुघाखोकी लाग्ने भएपनि त्यसपछि उच्च ज्वरो आउने, जाडो हुने, कम्पन आउने, टाउको दुख्ने, बेसुर हुने बर्बराउने, अचेत हुने र मुर्छा पर्ने जस्ता लक्षणहरु देखा पर्दछन् । यो रोग लागेका विरामीको उचित उपचार नभएमा करिव १ तिहाई विरामीको मृत्यु हुन्छ भने अर्को एक तिहाइ विरामीहरुमा हात खुट्टाको पक्षघात, ब्यवहारमा परिवर्तन स्मरण शक्तिमा कमी आउने जस्ता स्नायुसंग सम्वन्धीत कडा किसिमको मानसिक तथा शारिरीक अपांगता हुन्छ र बाँकी एक तिहाई विरामीहरु मात्र निको हुन सक्दछन् डा. सेपाइलीले -भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ