arrow

च्याम्पियन्स लिग : एथ्लेटिको मड्रिड विजयी, बायर्न म्यूनिख स्तब्ध

logo
प्रकाशित २०७३ वैशाख १६ बिहिबार
Atletico-Madrid-v-Bayern-Munich.jpg.jpeg
एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा स्पेनिश क्लब एथ्लेटिको मड्रिड विजयी भएको छ । सेमिफाइनल पहिलो लेगको खेलमा एथ्लेटिकोले जर्मन क्लब बायर्न म्यूनिखलाई १–० ले हरायो ।  एथ्लेटिकोलाई विजयी गराउन साउल निग्वेजले गरेको गोलन नै निर्णायक बन्यो । 
उनले खेलको ११औं मिनेटमै गोल गरेका थिए । जितसंगै एथ्लेटिकोले फाइनल यात्रा बलियो बनाएको छ ।
 
बायर्न दबाबमा आएको छ । यी दुईबीचको दोस्रो लेगको खेल बायर्नको मैदानमा हुनेछ । यसअघि भएको पहिलो सेमिफाइनलमा इङ्गलिश क्लब म्यान्चेस्टर सिटी र स्पेनिश क्लब रियाल मड्रिडले गोल रहित बराबरी गर्दै अंक बाँडेका थिए ।  यसैबीच, विहिबार यूरोपा लिगको सेमिफाइनलमा युक्रेनको शख्तर डोनेत्स्क र स्पेनको सेभिया तथा स्पेनको भियारियाल र इङ्गल्याण्डको लिभरपुल आमने सामने हुँदैछन् । 
Saul Niguez celebrates scoring the first goal for Atletico



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ