arrow

टम ह्यान्क्सले अगस्तमै गरेका थिए लेस्टरले उपाधि जित्ने अनुमान

logo
प्रकाशित २०७३ वैशाख १६ बिहिबार
Tom_Hanks.jpg.jpeg
एजेन्सी। हलिउडका स्टार टम ह्यान्क्सले प्रिमियर लिग २०१६ हुने बेला लेस्टरले उपाधि जित्छ भनेर १०० पाउण्ड बाजी राखेको खुलासा गरेका छन्। बेलायती पत्रिका गार्जियनसँग कुरा गर्दै उनले यो खुलासा गरेका हुन्। 
 
एसटन भिल्लाका समर्थक ह्यान्क्सलाई भिल्ला रेलिगेसनमा परने निश्चित भएपछि कस्तो लागीरहेको छ भनेर सोधिएको प्रश्नमा उनले भने ' मैले १०० पाउण्ड लेस्टरको पक्षमा बाजी राखेको थिएँ त्यसैले मैले ठिकै गरेको रहेछु'। 
 
लेस्टरको पक्षमा १ को ५००० पाउण्डको बाजी रहेको थियो। लेस्टर प्रिमियर लिग जितको नजिक रहेको छ। यदि लेस्टरले जितेमा उनले ५००,००० पाउण्ड जित्नेछन्। 
 
उनकालागि उक्त ५००,००० पाउण्ड ठुलो रकम नभए पनि उनले सोचेको भविष्यवाणी मिल्न जाने लगभग पक्का रहेको छ। लेस्टर उपाधिकालागि तीन खेलमा ३ अंकको दुरीमा रहेको छ। तीन खेलमा कुनै एक खेल जित्ने बित्तिकै उसले उपाधि हात पार्ने छ। 
 
फोरेस्ट गम्प, एपोलो १३, कास्ट अवे, दि ग्रिन माईल, दि दा-भिन्ची कोड आदि चर्चित चलचित्र केलेका ह्यान्क्स फुटबलका राम्रा फ्यान मानिन्छन्। ह्यान्क्सले समर्थन गरेको टोली एस्टोन भिल्ला ३५ केलमा १६ अंकका साथ अन्तिम स्थानमा रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ