arrow

मुस्लिम अगुवा भन्छन् –विराटनगरका मुस्लिम सचेत छन्, भारतवाट कोही जमातीहरु आएका भए प्रहरीलाई फोन गर्न आग्रह 

logo
प्रकाशित २०७७ वैशाख ७ आइतबार
masgit.jpg

विराटनगर । विराटनगर महानगर भित्र भएका मस्जिदहरुमा अनुगमन शुरु गरिएको छ । विराटनगर महानगरका मेयर भीम पराजुलीले मुस्लिम समुदायका अगुवाहरु संगको समन्वयमा अनुगमन गरेका हुन् ।

शनिवार भएको अनुगमनमा मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख बिश्व अधिकारी ,कांग्रेस केन्द्रीय सदस्य तथा मुस्लिम अगुवा हसन अन्सारी ,वडा नं १५ का वडाध्यक्ष असलम आलम लगायतको सहभागिता रहेको थियो ।

मुस्लिम समुदायको अवस्था अध्ययन गर्न आग्रह भए बमोजिम मस्जिदमा अनुगमन गरिएको मेयर पराजुलीले जानकारी दिए । धार्मिक सद्भाव कायम राख्दै कोरोना भाइरस विरुद्ध लड्न आबश्यक भएको पराजुलीले बताए ।

विराटनगर स्थित वडा नं. १५ मा रहेको रानी मरकज जामे मस्जिदमा शनिवार अनुगमन गरिएको छ । मस्जिदमा बाहिरवाट आएका कुनै पनि नयाँ आगन्तुकहरु नरहेको विराटनगर महानगरका सामाजिक महाशाखा प्रमुख सरोज गौतमले जानकारी दिए । 

जनगुनासोलाई सम्बोधन गर्न आबश्यक भएको भन्दै मुस्लिम अगुवाहरुले बास्तविकता बुझेर मात्र सुचना प्रबाह गर्न आग्रह गरेका छन् । कांग्रेस नेता तथा मुस्लिम अगुवा हसन अन्सारीले मुस्लिम समुदाय माथि सामाजिक सन्जालमा भइरहेका गतिविधि प्रति असन्तुष्टी ब्यक्त गरे । 

उनले विराटनगरका मुस्लिम समाज सचेत भएकाले यसखाले दुर्घटना नहुनेमा आशावादी रहेको बताए । धार्मिक सद्भाव कायम राख्ने कुरामा सचेतता अपनाउन पनि उनले आग्रह गरे । 

यस्तै विराटनगर १५ का वडाध्यक्ष असलम आलमले कोही पाउना बसेको भए तत्काल प्रहरीलाई खवर गर्न र लकडाउनको पालना गर्न आग्रह गरे । भारतवाट कोही जमातीहरु आएका छन् भने वडा कार्यालय या प्रहरीलाई फोन गर्न समेत उनले आग्रह गरे ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख बिश्व अधिकारीले अनुगमनका क्रममा मुस्लिम अगुवा तथा धर्मगुरुहरु सचेत भएको र सहयोगी भुमिका खेलेको बताए । उनले मोरङका मस्जिदहरुमा अहिलेसम्म अवस्था सामान्य रहेको जानकारी दिए ।  

स्थानीय पालिका मार्फत विवरण संकलन गर्ने काम भइरहेको  भन्दै उनले सवैमा सहयोगी भुमिका खेल्दिन समेत आग्रह गरे ।  विराटनगर महानगरका १९ वटा वडा मध्ये ९ वटा वडामा मात्रै २५ वटा मस्जिद रहेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ