arrow

कीर्तिपुर र त्रिवि छात्रावासका ९५० बढी विद्यार्थीहरुलाई राहत

logo
प्रकाशित २०७७ वैशाख ७ आइतबार
93782979_366870087604626_37.jpg

काठमाडौं। कोरोना संक्रमणको महामारीसँगै सरकारले जारी राखेको लकडाउनका कारण काठमाडौंमा रहेका विद्यार्थीहरुको लागि संयुक्त विद्यार्थी संगठनको पहलमा राहत वितरण गरिएको छ। 

कीर्तिपुर क्षेत्रमा डेरा गरि बस्ने उपत्यकाका कलेजमा पढ्ने करिब ९५० बढी विद्यार्थीलाई चामल, दाल, नुन, तेल, आलु, प्याज लगायतका खाद्यान्न सामग्री बितरण गरिएको त्रिभुवन बिश्वबिद्धालयमा नेबिसंघ त्रिबि समितिकी अध्यक्ष सम्झना केसीले जानकारी दिइन् । 

संयुक्त विद्यार्थी सङगठनको पहलमा विभिन्न दाताहरुबाट संकलन गरि राहत वितरण गरिएको केसीले बताइन। संयुक्त विद्यार्थी संगठनलाई अशोक कुमार खडका ५ हजार केजी चामल र ५ सय केजी दाल, श्री गुरुङ ६ सय केजी दाल २ सय लिटर तेल, एस पि सापकोटाले २ सय लिटर तेल, नबराज रिजालले ५ सय लिटर तेल, बिकास श्रेष्ठले १० बोरा आलू र ५ बोरा प्याज उपलव्ध गराएका थिए। 

यसअघि नेविसंघको पहलमा टियु छात्राबासमा आयल निगमका कर्मचारीको सहयोगमा ६० ग्यास सिलिन्डर निशुल्क बाडिएको पनि अध्यक्ष केसीले जानकारी दिइन् । 

प्रिन्सिपल कार्यालयको सहयोगमा ३५० बढी बिश्वबिद्धालयका विद्यार्थीलाई १४० बोरा चामल, १२ बोरा दाल, १८० लिटर तेल र ३४० केजि नुन बितरण गरि सकिएको बताइन् । 

होस्ट हेज एण्ड ग्लोवल कम्प्याक्ट नेपाल को सहयोगमा सुदुरपश्चिमका ७० जना बिपन्न विद्यार्थीलाई खाद्यान्न सामग्री बितरण गरेको उल्लेख गर्दै केसीले छात्राबासमा विभिन्न दाताहरुको सहयोगमा पटक पटक राहत राहत बितरण गरेको बताइन् । 

देशैभरिका विद्यार्थीको हबका रुपमा कीर्तिपुर भएकाले अझै धेरै विद्यार्थीले राहत पाउन नसकेको उनले बताइन् ।

केसीले समस्यामा परेका विद्यार्थीहरुको ब्यबस्थापन र समाधानका लागि स्थानीय सरकारले पनि छिटो पहल गर्नुपर्ने बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ