arrow

भारतबाट आउने तरकारी प्रतिवन्ध गरिने

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७७ वैशाख ७ आइतबार
vegetables-market.jpg

पाँचथर। पाँचथर बाहिर अरु जिल्ला तथा भारतबाट आउने तरकारी प्रतिवन्ध गरिने भएको छ। कोभिड १९ कोरोना भाईरसको संक्रमण हुन सक्ने संभावनालाई मध्यनजर गर्दे तरकारी जिल्ला भित्र्याउन प्रतिवन्ध गरिएको जिल्ला स्तरीय आपूर्ति ब्यवस्था अनुगमन,सहजीकरण तथा नियन्त्रण समितीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी निर्मल तुम्रोकले बताए।

समितीको आईतबार बसेको बैठकले स्वास्थ्य संवेदनशीलतालाई ख्याल गर्दे जिल्ला बाहिर बाट ल्याईने तरकारी प्रतिवन्ध गरी स्थानिय स्तरमै उत्पादन भएको  तरकारीको आपूर्ति ब्यवस्था सहज बनाउने निर्णय भएको उनले बताए।

तरकारीको आपूर्ति र वितरणको ब्यवस्था गर्न सम्वन्धित कृषक,सरोकारवाला,पाँचथर उद्योग वाणिज्य संघ,सवै स्थानिय तहहरु विच समन्वय तथा अनुरोध गर्ने निर्णय भएको संयोजक तुम्रोकले बताए।

यसैगरी पालिकास्थित बजारहरुमा दैनिक उपभोग्य वस्तुको आपूर्ति, भण्डारण, वितरण र मूल्यको विषयमा आकस्मिक रुपमा अनुगमन तथा समन्वय गर्नुपर्ने भएमा त्यस्तो कार्य गर्नका लागि घरेलु तथा साना उद्योग कार्यालय पाँचथरले सो कार्यालयका कर्मचारीलाई फोकल ब्यक्ति तोक्ने निर्णय समेत भएको छ। उक्त ब्यक्तिले घरेलु तथा साना उद्योग कार्यालय पाँचथर मार्फत यस समितीमा प्रतिवेदन पेश गर्ने निर्णय भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ