arrow

साग स्वर्ण विजेतालाई उज्यालोको सम्मान

logo
प्रकाशित २०७३ वैशाख १६ बिहिबार
unn.com.JPG.jpeg
काठमाडौं । भारतको गुवाहाटी र सिलोङमा भएको १२ औं दक्षिण एशियाली खेलकुद सागमा स्वर्ण पदक विजेता खेलाडीलाई उज्यालोले सम्मान गरेको छ । उज्यालो नाइन्टी नेटवर्क र उज्यालो अनलाइनको मातृ संस्था कम्युनिकेशन कर्नरले आफ्नो १८औं वर्ष गाँठको  अवसरमा साग स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गरेको हो । 
 
पुरुष फुटबलतर्फ स्वर्ण पदक जित्ने टिम ५० हजार रुपैयाँ तथा उसुकी स्वर्ण विजेता निमा घर्ती मगर र जुडोकी स्वर्ण पदक विजेता फुपु ल्यामु खत्री जनही १० हजार रुपैयाँ पुरस्कारसहित सम्मानित भए । खेलाडीहरुलाई सूचना तथा सञ्चार मन्त्री शेरधन राईले पुरस्कार हस्तान्तरण गरे । फपु तालिमका क्रममा हंगेरीमा रहेकीले उनको तर्फबाट नगद पुरस्कार दिदी डोल्माले थापिन् । 
 
साग फुटबलको फाइनलमा भारतलाई हराउँदै नेपालले स्वर्ण पदक जितेलगत्तै उज्यालोले खेलाडीलाई नगदसहित सम्मान गर्ने घोषणा गरेको थियो । सोही घोषणानुरुप  खेलाडीलाई नगदसहित सम्मान गरिएको कम्युनिकेशन कर्नरका कार्यकारी अध्यक्ष गोपाल गुरागाईंले बताए । नगद पुरस्कारसहित सम्मानित भएपछि नेपाली फुटबल टिमका कप्तान विराज महर्जनले यो सम्मानले आफूहरुलाई थप उत्साह थपेको सुनाए । उनले भने, ‘यो कार्यप्रति आभार छ, हामीले अझै मेहनत गरेर तपाईंहरुलाई अझै धेरै खुसी दिने छौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ